Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भोजपुरमा दुई हजारभन्दा बढीले नाम दर्ता गरे

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, भोजपुर । फोटोसहितको मतादाता नामावली सङ्कलनमा भोजपुरका दुई हजार तीनजना मतदाताले हालसम्म नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको ७५ दर्ता स्थलमा नाम दर्ता गराएकामध्ये ७९७ महिला र एकहजार २०३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी दिव्यश्वरी जोशीले बताए ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको नामावली समावेश गर्ने, नाम हटाउने, सार्ने र सङ्कलन भएको नामावलीमा भएको त्रुटि सच्याउनेलगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन र अध्यावधिकका लागि निर्वाचन कार्यालयले छवटा टोलीलाई परिचालन गरेको छ। गत पुस १० गतेदेखि यही माघ २० गतेसम्म नामावली सङ्कलन तथा अध्यावधिकको कार्य गरिनेछ । रासस