2026-07-11 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

निर्वाचन कार्यालय ओखलढुंगामा १३ दल दर्ता (नामावलीसहित)

2017-02-01

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ओखलढुंगामा १३ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । 

दल दर्ताको अन्तिम माघ १७ गतेसम्ममा ओखलढुंगाका १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका १११ दलहरुको सुचि जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र गरेको थियो ।

निर्वाचन आयोगको निर्देशन सहितको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सुचना भित्र रहेर आफ्नो नाम दर्ता गर्ने दलहरुमा क्रमश: नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी(माले)राष्ट्रिय जनमोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जन अधिकार फोरम नेपाल (लोकतान्त्रीक), नेपाल कम्यूनिष्ट पार्टी (माले जनसमाजवादी), संघीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले) रहेका छन् । दर्ता भएका मध्ये केहि दल मात्रै जिल्लामा क्रियाशिल पार्टी हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले  जिल्लामा पनि दलदर्ता गरेर यहाँको विवरण आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । 

उहाँले सम्बन्धित दलको जिल्ला कार्य समितिको नामावली, कार्यालय रहेको ठेगाना, सम्पर्क नम्बर, घोषणापत्र आदि आधारमा जिल्लामा दल दर्ता गरिएको बताउनुभयो । ‘निर्वाचन आयोगमा दल दर्ता भए पुग्नु पर्ने हो तर जिल्लामा स्थानीय तहको निर्वाचनलाई व्यवस्थित गर्न, निर्वाचनका लागि समन्वय गर्न र जिल्लामा कति दल छन् भन्ने जानकारीका लागि जिल्लामा पनि दर्ता गराउनुपर्ने व्यवस्था गरिएको हो ।’ उहाँले भन्नुभयो ।

जिल्ला निर्वाचन अधिकारी राईका अनुसार ओखलढुंगामा नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव समुहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या