Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २४ गते, अपराह्न ४:४६ बजे प्युठान - PTN, राजनीति

स्ववियु चुनाब जित्न अनेरास्ववियु प्युठान क्पाम्पस क्याम्पसमा

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सलिम अन्सारी/माघ २४, प्युठान । यतिबेला  प्रमुख दलका बिध्यार्थी संगठनहरुमा स्वबियु चुनाबको रन्को छ ।

स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद्यार्थी संगठनहरु चुनावी रणनीति बनाउन ब्यस्त भएका हुन । उनीहरु स्ववियू चुनावका बेला विद्यार्थीको मन जित्ने नारा र आफूले उठाउने मुद्दाका विषयबारे आन्तरिक छलफल गरिरहेका छन् ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियू, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् । जसका लागि उनीहरुले केन्द्रीय तहबाट नै स्ववियू परिचालन समिति बनाएका छन्, भने कोही त्यसको अन्तिम चरणमा पुगेका छन् ।

स्ववियू चुनावमा हरेकजसो संगठनले शैक्षिक मुद्दालाई प्राथमिकता दिएका छन् । उनीहरुले शिक्षालाई निशुल्क बनाउनेदेखि वैज्ञानिक शिक्षाको कार्यान्वयनको मागलाइ अगाडि सारेका छन्। त्यस्तै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकारलाई दबाब दिने जस्ता विषय पनि चुनावी मुद्दा बनेका छन् ।

त्यस्तै यसपटकको स्ववियू चुनावमा एमाले विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी प्युठानले   राष्ट्रीयता, आर्थिक र शैक्षिक जोनका कुरालाई मुख्य जोड दिएर प्युठानी बिध्यार्थिका माझ जाने भएको छ। अनेरास्वबियु जिल्ला कमिटी प्युठान श्रोतले बताए अनुसार स्वबियु निर्बाचनमा जिल्लाका ५ ओटै क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्न बलियो उम्मेद्वार सहितको प्यानल उठाउने तयारीमा जुटेको छ। उस्ले  चुनाबी प्रचारप्रसार संगै क्याम्पस क्याम्पसमा कमिटी गठन पुनगठनको कामलाइ तिब्र पारिएको जनाएको छ ।

त्यस्तै अनेरास्वबियु प्युठानले ५ ओटै क्याम्पसमा जित हासिल गर्ने अनेरास्वबियु केन्द्रीय सदस्य एव राप्ती अन्चल इन्चार्ज बिनोद भण्डारीले बताए । उनले

शैक्षिक प्रमाण प्रत्र धितो राखि विद्यार्थीलाई ॠण दिइनुपर्ने, गुणस्तरिय शिक्षाका लागि शिक्षामा राज्यको लगानी हुनुपर्ने लगायतका विद्यार्थीसंग जोडिएका मुद्धाहरु अनेरास्वबियुले मात्र उठाएकोले बिद्यार्थीले यसैलाइ मतदान गर्ने समेत दाबी गरे । भण्डारीले सामाजिक सद्धभाव,सार्बभौम सत्ता र राष्ट्रीय एकता माथिको बिदेशी प्रहारका बिरुद्ध बिगतमा एमाले समबद्ध युवा बिद्यार्थिले खेलेको भुमिका ताजै रहेको भन्दै यसपटकको निर्बाचनमा पनि बिद्यार्थिले अनेरास्वबियुलाइ नै मतदानका लागि छनौट गर्ने बिश्वास ब्याक्त गरे ।

अनेरास्वबियु प्युठानले जिल्लाको प्युठान क्याम्पस,स्वर्गद्धारी क्याम्पस र झिमृक क्याम्पस बाग्दुलामा कमिटी बिस्तार गरिसकेको जानकारी दिदै कमिटी बिस्तार गर्न बाँकी रहेका अन्य दुई क्याम्पसमा पनि जाने तैयारी भएको बताएको छ ।

त्यस्तै त्रिभुवन बिश्वबिधालयले विद्यार्थी भर्ना रोकेको भन्दै अहिलेको स्थितिमा अ्नेरास्वबियु प्युठानले त्यस्को समर्थन गर्दै जिल्लामा क्रीयाशिल विद्यार्थी संगठनहरुलाइ त्रीबिकै नियम अनुसार अगाडि बढ्न र स्वच्छ प्रतिस्प्रधामा उत्रन आग्रह समेत गरेको छ ।

अन्य संगठनले भने क्याम्पसमा आफुहरुले हार्ने देखेकाले भर्ना गर्नुपर्ने भनेर अगाडि बढिरहेको उस्को आरोप छ ।

अनेरास्वबियु प्युठानले ३ सदसिय अनुगमन समिती र १ सय १ सदसिय स्वबियु सचिबालय समिती समेत गठन गरेको अनेरास्वबियु जिल्ला कोषाअध्यक्ष दिल बहादुर दसौतिले जानकारी दिए।त्रीभुवन विश्व बिद्यालयले आगामी फागुन १४ गते स्वबियु निर्बाचन गर्ने भनी मिति निर्धारण गरिसकेको छ ।