सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो "/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश जोगाउन एमाले भन्दा अर्को शक्ति नै छैन: गौतम

सलिम अन्सारी/माघ २८, प्युठान  । नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । 

उनले यस्तो षड्यन्त्रमा लागेकाहरुसित सरकारको साठगाठ रहेको पनि आरोप लगाए । संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुकका लागि अगाडि बढ्नुपर्नेमा सरकार उदासिन देखिएको नेता गौतमको भनाइ थियो ।

युवासंघ नेपाल बाङ्गेसाल गाउँ कमिटिको तेस्रो अधिबेशनको शुक्रबार बाङ्गेसालमा उद्घाट गर्दै पूर्व उप–प्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता गौतमले एमाले ज्यू“दो छउञ्जेल नेपाललाई समाप्त हुन नदिने बताए । 

देश जोगाउन एमाले भन्दा अर्को शक्ति नरहेको उल्लेख गरेका गौतमले हस्तक्षेप आइलागे नेपाली जनताले तिनलाइ समाप्त पारिदिने  बताए । जनताको सार्बभौमिक्ता र राष्ट्रीय अखण्डताका बिरुद्ध लाग्ने देशद्रोही तत्व नेपाल समाप्त पार्ने खेलमा लागिरहेको उल्लेख गर्दै नेता गौतमले अहिलेको सरकार समेत राष्ट्रीयतामा आँच आउने गरि काम गरिरहेको आरोप समेत लगाए । संविधान संशोधन प्रस्ताब यहि षड्यन्त्रका उपज आएको बताउदै उनले देश टुक्राउने गरि पहाड र तराइ मिल्न नदिने षडयन्त्रका बिरुद्ध हिमाल जत्तिकै अटल भएर एमाले उभिने बताए।” एमालेले यस्तो राष्ट्रघाती प्रस्ताब पास हुन दिने छैन” -उनले भने ।

गौतमले निर्वाचनतर्फ सरकार नगएको पनि बताए । उनले चुनावका लागि तयार हुनुपर्ने भन्दै चुनावमा एमालेको अत्यधिक बहुमत आउने ठोकुवा पनि गरे । बर्तमान सरकारलें चुनाबको मिति घोषणा नगरे असफल हुने समेत दाबी गरे ।

गौतमले भने”निर्वाचन आजै भयो भने पनि ‘फेस’ गर्न एमाले तयार छ ।” एमालेमा अहिले कचपच नरहेको र एकतावद्ध रहेको समेत गौतमले बताए । उनले कृषिको विकास गरी औद्योगीकरण नगरेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन । उनले अब एमालेले मुलुकलाई औद्योगिकरण गर्न लागि पर्छौ भनेर संकल्प गर्ने बेला आएको पनि बताएका छन । 

नेपाल कृषिप्रधान देश भएकाले कृषि औद्योगिकरण नभएसम्म उद्योग क्षेत्रको विकास हुन नसक्ने उल्लेख गरे । अबको केही महिनाभित्र नै एमालेको नेतृत्वमा सरकार हुने बताउदै सरकार बनेपछी देश पुनरनिर्माणको काम एमालेले गर्ने  उनको भनाइ छ । उनले प्युठानको समबृद्धि र बिकासको खाका नेकपा एमाले संग भएको समेत बताए । 

आफूले चुनाब जितेर गएपछी जिल्लामा बिकासे काम गरेको भन्दै ओलि नेतृत्वको सरकारका पाला बहुचर्चित नौमुरे परियोजनाको काम यहि आर्थिक बर्षबाट सुरु हुने गरि निर्णय गरिसकिएको उनले सुनाए।नौमुरे परियोजना पछि ऐरावती देखि गनाहखोला सम्मा सुन्दर शहर निर्माण गर्न सकिने उनको भनाइ छ । स्वर्गद्धारी, ऐरावती र गौमुखी जस्ता धार्मिक एवम पर्यटकियस्थलको बिकासमा आफू प्रतिबद्ध रहेको समेत नेता गौतमले बताए। त्यस्तै सोही कार्यक्रममा बोल्दै युवासंघ नेपालका केन्द्रीय महासचिब  किरण पौडेलले नेपालको एकता र स्वाधिनता खतरामा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई