फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मे"/>

2026-06-25 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

आखिल क्रान्तिकारीको सभापति उम्मेदवार गुप्ता

2017-02-14


फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ ।

आज बसेको अखिल क्रान्तिकारीको केन्द्रिय समितिको बैठकले गुप्तालाइ सर्वसम्मत रुपमा उम्मेदवार गरेको संगठनका केन्द्रिय सचिव अमिताब बच्चन दसले जानकारी गराए ।

पर्सा विरगंज उपमाहानगरपालिका – १३, घडीअर्वाका गुप्ता एम.वि. एस. प्रथम वर्षका नियमित विद्यार्थी हुन् । गुप्ता यस पुर्व हुनलागेको २०७० सालको स्ववियु निर्वाचनको सभापतिको उम्मेदवार रहेका थिए । गुप्ता यसपालि पून : सभापतिको उम्मेदवार हुने मौका पाएकोमा खुसि व्यक्त गरे ।

उनले ‘मेरो उम्मेदवारी क्याम्पसमा देखिएका सबैखाले विकृति, बिसंगतीहरुको अन्त्य गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नका लागि हो । पहिलेका स्ववियु जित्ने विद्यार्थी नेताहरुले स्ववियुलाई विद्यार्थी हक,हित र अधिकारको पक्षमा भन्दा पनि सांगठनिक रुपमा चलाएको देखिन्छ,उनीहरुले विद्यार्थीहरुको पठन पाठनमा त्यस्तो उल्लेख्य काम गरेको पनि देखिएन, तसर्थ अखिल क्रान्तिकारीले अबको निर्वाचनसँगै शैक्षिक सुधारको काम गर्नुपर्ने छ । हामीले शैक्षिक सुधारको योजना सहित उम्मेदारी दिने दिने घोषणा गरेका छौ ।’

उनले ठाकुरराम क्याम्पसलाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त नमुना क्याम्पस वनाउनु आफ्नो मुख्य उदेश्य रहेको भन्दै अगाडि भने–‘अब क्रान्तिकारी नेतृत्वमा ठाकुरराम क्याम्पसले कांचुली फेर्ने निश्चीत छ । हाम्रो प्यानलले जित्ने निश्चीत देखेपछि अन्य संगठनहरुमा आतंक मच्चीएको छ । 

विद्यार्थी साथीहरु अनि संगठनका अग्रज विद्यार्थी नेता राकेश यादव, मित्रदेव यादव, लगाएत अन्य नेता तथा विद्यार्थीहरुको ठुलो साथ् र सहयोग रहेको छ । हाम्रो जीतलाई अब कसैले रोक्ने सम्भावना छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ