Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सद्भावना महिला मञ्च पर्साको बैठक सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, बीरगंज । सद्भावना महिला मञ्च पर्साको बैठक पार्टी कार्यालय श्रीपुरमा सम्पन्न भएको छ ।

मञ्च पर्साकी अध्यक्ष रेखा साहको सभापतित्वमा एवं सद्भावना पार्टीका केन्द्रिय सदस्य रेखा घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बैठकले महिला मञ्चको संगठन विस्तार गर्ने, क्षेत्रिय एवं जिल्ला भेल गर्ने र महिलाहरुको क्षमता विकासका लागि तालिम संचालन गर्ने निर्णय गरेको मञ्च पर्साकी सचिव सोनु कुमारीले बताईन ।

बैठकमा बोल्दै महिला मञ्च पर्साकी अध्यक्ष रेखा साहले महिला मञ्चको संगठन विस्तार कार्यलाई विशेष प्राथमिकता दिने र शिपमुलक तालिम संचालन गरि महिलाहरुको व्यक्तित्वसंगै आय आर्जनमा समेत टेवा पुग्ने कार्यलाई अगाडी बढाउने बताईन् ।

साथै मञ्चले समाजिक विकृति एवं रचनात्मक कार्यहरु समेत संचालन गर्ने धारणा राखेकी थिईन् । बैठकमा बोल्दै सद्भावना पार्टीका केन्द्रिय सदस्य रेखा घिमिरेले आफ्ना अधिकार एवं पहिचानका लागि महिलाहरु अगाडी बढनुपर्ने धारणा राख्दै अहिले पनि मधेशका महिलाहरु कुनै न कुनै बहानामा शोषणमा परि रहेको बताईन ।

सद्भावना पार्टी बीरगंज नगर उपाध्यक्ष एवं युवा नेता सुरेश साह कानुले महिलाहरु आफ्ना अधिकारका लागि बढनुपर्ने धारणा राख्दै अहिले नेपाल लगायत विश्वमा नै महिलाहरु अगाडि बढि रहेको धारणा राखेको थियो ।

महिला मञ्च पर्साको बैठकमा जिल्ला उपाध्यक्ष रन्जु देवी, कोषाध्यक्ष बबिता चौधरी, सहसचिव निर्मला पटवा, कार्यसमिति सदस्यहरु मिना शर्मा , जयमाला शर्मा, उत्तम चौधरी, सुनिता चौधरी, सिमा चौधरी, रम्भा यादव लगायतको उपस्थिति रहेको थियो ।