2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा दलहरु जुटे निर्वाचनको तयारीमा

फागुन १६, भक्तपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै भक्तपुरमा दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । 

आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका हुन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनको घोषणासँगै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको छ, भक्तपुरका सबै निकाय काँग्रेसकै पक्षमा ल्याउन कार्यकर्ता परिचालन गरेर अगाडि बढेको छ ।” 

काँग्रेसले जिल्लाका ६ वटै नगरपालिकामा नगर समितिमार्फत कार्यकर्ता परिचालन, उम्मेदवारको छनोटलगायतका बारेमा छलफल अगाडि बढाएको छ । 

नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले भक्तपुर क्षेत्र नं १ मा पर्ने स्थानीय निकायलाई काँग्रेसमय बनाउन पार्टी अगाडि बढेको बताउनुभयो । १८ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले कार्यकर्तामा उत्साह जागेको बताउनुभयो । 

यता नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष बच्चन देउजाले भन्नुभयो, ‘‘जिल्लाका सबै स्थानीय निकायमा यसपटक एमालेको एकलौटी जित हासिल गर्ने योजनासहितको कार्यक्रम लिएर एमाले अगाडि बढिसक्यो, निर्वाचन सफल र शान्तिपूर्ण बनाउन एमाले कटिबद्ध छ ।” 

यता माओवादी केन्द्रका जिल्ला इन्चार्ज डिपी ढकालले पनि गाउँगाउँमा कार्यकर्ता परिचालन गरेर निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । 

“संविधान कार्यान्वयन र जनताको चाहना पूरा गर्ने बेला आएको छ”, उहाँले भन्नुभयो – “निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न र आफ्नो पक्षमा जित सुनिश्चित गर्न माओवादीले ‘एक घर एक कार्यकर्ता अभियान’ सहित माओवादी केन्द्र निर्वाचनको तयारीमा होमिसकेको छ ।” 

नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले भन्नुभयो – “नेमकिपाले वर्षौंदेखि उठाउँदै आएको स्थानीय निकाय निर्वाचनको माग पूरा हुने बेला आएको छ, हाम्रो पार्टीले निर्वाचनलाई सफल बनाउन लाग्नेछ, आगामी पाँच दिनभित्र पार्टीको बैठक बसेर निर्वाचनका लागि आवश्यक कार्यक्रम तय गर्दै अगाडि बढ्ने छ ।” 

यता राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राप्रपा एक भएको वर्तमान समयमा घोषणा भएको निर्वाचनले राप्रपाको स्थान बढाउने बताउँदै पार्टी निर्वाचनको कार्यक्रमसहित गाउँ गाउँ पसेको बताउनुभयो । 

यता नेकपा (माले)का अध्यक्ष अदीप खड्का, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष शिवहरि खनाललगायतले पनि निर्वाचनका लागि पार्टीले कार्यक्रम तय गर्न लागेको बताउँदै अब केही दिनमै निर्वाचनका कार्यक्रमसहित गाउँ गाउँमा जाने बताउनुभयो । 

गाउँ गाउँमा कार्यकर्तामा उत्साह बढेको बताउँदै जिल्लास्थित नेताहरुले चुनावी माहोल बनेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई