2026-11-02 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा दलहरु जुटे निर्वाचनको तयारीमा

फागुन १६, भक्तपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै भक्तपुरमा दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । 

आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका हुन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनको घोषणासँगै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको छ, भक्तपुरका सबै निकाय काँग्रेसकै पक्षमा ल्याउन कार्यकर्ता परिचालन गरेर अगाडि बढेको छ ।” 

काँग्रेसले जिल्लाका ६ वटै नगरपालिकामा नगर समितिमार्फत कार्यकर्ता परिचालन, उम्मेदवारको छनोटलगायतका बारेमा छलफल अगाडि बढाएको छ । 

नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले भक्तपुर क्षेत्र नं १ मा पर्ने स्थानीय निकायलाई काँग्रेसमय बनाउन पार्टी अगाडि बढेको बताउनुभयो । १८ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले कार्यकर्तामा उत्साह जागेको बताउनुभयो । 

यता नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष बच्चन देउजाले भन्नुभयो, ‘‘जिल्लाका सबै स्थानीय निकायमा यसपटक एमालेको एकलौटी जित हासिल गर्ने योजनासहितको कार्यक्रम लिएर एमाले अगाडि बढिसक्यो, निर्वाचन सफल र शान्तिपूर्ण बनाउन एमाले कटिबद्ध छ ।” 

यता माओवादी केन्द्रका जिल्ला इन्चार्ज डिपी ढकालले पनि गाउँगाउँमा कार्यकर्ता परिचालन गरेर निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । 

“संविधान कार्यान्वयन र जनताको चाहना पूरा गर्ने बेला आएको छ”, उहाँले भन्नुभयो – “निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न र आफ्नो पक्षमा जित सुनिश्चित गर्न माओवादीले ‘एक घर एक कार्यकर्ता अभियान’ सहित माओवादी केन्द्र निर्वाचनको तयारीमा होमिसकेको छ ।” 

नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले भन्नुभयो – “नेमकिपाले वर्षौंदेखि उठाउँदै आएको स्थानीय निकाय निर्वाचनको माग पूरा हुने बेला आएको छ, हाम्रो पार्टीले निर्वाचनलाई सफल बनाउन लाग्नेछ, आगामी पाँच दिनभित्र पार्टीको बैठक बसेर निर्वाचनका लागि आवश्यक कार्यक्रम तय गर्दै अगाडि बढ्ने छ ।” 

यता राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राप्रपा एक भएको वर्तमान समयमा घोषणा भएको निर्वाचनले राप्रपाको स्थान बढाउने बताउँदै पार्टी निर्वाचनको कार्यक्रमसहित गाउँ गाउँ पसेको बताउनुभयो । 

यता नेकपा (माले)का अध्यक्ष अदीप खड्का, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष शिवहरि खनाललगायतले पनि निर्वाचनका लागि पार्टीले कार्यक्रम तय गर्न लागेको बताउँदै अब केही दिनमै निर्वाचनका कार्यक्रमसहित गाउँ गाउँमा जाने बताउनुभयो । 

गाउँ गाउँमा कार्यकर्तामा उत्साह बढेको बताउँदै जिल्लास्थित नेताहरुले चुनावी माहोल बनेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द