Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १८ गते, साँझ ८:२६ बजे काठमाडौँ - KTM, प्युठान - PTN, राजनीति

प्यूठानका पाँचै क्याम्पसमा स्ववियु चुनाव स्थगित

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शागर सर्मा | फागुन १८, प्यूठान | देशभर सञ्चालन भइरहेको स्वतन्त्र विधार्थि युनियन (स्ववियु) को चुनाव प्यूठानको ५ ओटा क्याम्पसमानै स्थगित भएको छ । स्वर्गद्धारी बहुमुखि क्याम्पस विजुवार, झिमु्रक बहुमुखि क्याम्पस बाग्दुला र गौमुखि क्याम्पस मच्छिमा चुनावी प्रक्रियामा पुगेर स्थगित भएको छ । विधार्थि संगठनहरु विच समानुपातिक तर्फको मतपत्रको बारेमा विवाद हँुदा चुनाव स्थगित सुचना टाँस गरेर स्थगित भएको जानकारी गराइएको छ ।

काग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौ संयूक्त प्यानल र नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा अखिल क्रान्तिकारी विप्लवले छुट्टै अखिल प्यानल गराई चुनावमा लागेका थिए । संयूक्त प्यानलले समानुपातिक तर्फको बन्द सुचि पेश गरेको थियो । अखिल प्यानलले समानुपातिक तर्फको मतदान संगठनलाई हुने भएकाले संयूक्त प्यानल समानुपातिक तर्फको मत पत्रमा उल्लेख गर्न नसकिने अडान लिएपछि विवाद सुरु भएको हो ।

विधार्थि भर्नाको विषयलाई लिएर अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवले अमर क्याम्पस भिगृमा निर्वाचन प्रकृया शुरु अगावै देखि तालाबन्दि गरेको थिए । नेपाल विधार्थि संघले त्रिविले निर्धारण गरेको समयसिमा भन्दा पछि विधार्थि भर्ना गरेको दुई संगठन आरोप लगाएको थियो ।

दर्ता भैसकेको संगठनहरु संयुक्त प्यानल निर्माण गरि चुनावी प्रतिस्प्रर्धामा उत्रिएपछि सोही बमोजिम हुनुपर्ने अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष सुमन श्रेष्ठले बताए । समानुपाातिक मत संगठनलाई हुने भएकाले पेश गरिएको बन्द सुचि नियम विपरित भएको अनेरास्ववियूका केन्द्रिय सदस्य विनोद भण्डारीले बताए । दुवै प्यानलको विधार्थिले आफ्नो अडान नछाडेपछि क्याम्पसहरुमा चुनावी बातावरण नवनेको क्याम्पसहरुले बताएका छन् ।

प्यूठान क्याम्पसमा प्रमुख सहित प्रध्यापकहरुको राजिनामा

चुनावी बातावरण नवेपछि सदरमुकाम खलंगामा रहेको प्यूठान क्याम्पसका प्रमुख सहित प्राध्यापकहरुले राजिनामा आज बुधवार राजिनामा गरेका छन । ‘चुनाव गराउँदा पनि समस्या भयो नगराउँदा पनि समस्या देखियो’ । क्यामपस प्रमुख कल्पना खड्काले भनिन ‘असहज परिस्थतिको कारण राजिनामा दिन बाध्य भयौ’ । क्याम्पसको निर्वाचन समितिले हिजो मंगलवारनै संयूक्त राजिनामा दिएका थिए ।

त्यस्तै अखिलका विधार्थि द्धारा धर्ना हिजो मंगलवार प्यूठान क्याम्पसमा अखिलका विधार्थि नेता हरु माथि हातपात गर्ने दोषी हरुलाईपक्राउ गरि तुरुन्त कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना कार्यक्र गरेका छन । दोषीलाई पक्राउ गरेर कारवाही गरियोस भन्दै धर्ना कार्यक्रम गरेका हुन ।