फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा ल"/>
2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ- एमाले

फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा लागेको आरोप लगाएको छ।

राष्ट्रीय पुननिर्माण  जस्तो सरकारको उच्च पदमा रहि सरकारि सेवा सुबिधा लिदै आए पनि उनले त्यस्को  दुरुपयोग गरेर राजनितिक गतिबिधीमा सक्रीय भएको एमालेको आरोप छ।

प्राधिकरणका सिइओ पोखरेलले कांग्रेसका बिभिन्न आमसभामा सहभागी भएर जिल्लाका सांसदहरु र एमाले विरुद्ध भाषण गरेको आरोप  छ ।

एमाले प्युठानका अध्यक्ष तुल्सीराम शर्माले प्रेस विज्ञप्ति जारी गरेर पोखरेलका गतिबिधि नरोकिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

“पोख्रेलको गतिबिधी आपत्तिजनक छ।” उनले भनेका छन। प्राधिकरणका सिइओ पोखरेलले कांग्रेसका बिभिन्न आमसभामा सहभागी भएर जिल्लाका सांसदहरु र एमाले विरुद्ध भाषण गरेको आरोप उनले लगाएका छन् ।

प्युठानका दुवै क्षेत्रमा एमालेका बामदेव गौतम र हिरावहादुर केसीले जितेका छन् । 

पोखरेल पछिल्ला केही साता गृहजिल्ला प्युठानका बिभिन्न गाविसमा नेपाली कांग्रेसका कार्यक्रममा सहभागी भएका थिए ।

प्ाोखरेल माघ २९ गते कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई लिएर जिल्लाको क्षेत्र नम्बर १ स्थित बाँगेसालमा आयोजित कांग्रेस आमसभालाई सम्बोधन गर्न पुगेका थिए । उनले कांग्रेसको बहुमतका लागि आफूले भूकम्प पीडितको पक्षमा काम गरेर जनताको मन जित्ने बताएपछि एमालेले आपत्ति जनाएको हो । तर पोखरेलका प्रेस संयोजक दिनेश पाण्डेले भने योजना आयोगको उपाध्यक्ष भएकै बेला परेका योजनाहरुको बारेमा स्थानीयसँग छलफल गर्न पोखरेल प्युठान गएको बताए ।

प्राधिकरणका सिइओको गतिबिधिप्रति असन्तु्ष्ट बनेको एमालेले निर्देशक समितिको बैठकमा स्पष्टीकरण लिने तयारी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिमा प्रमुख विपक्षी नेताको प्रतिनिधिका रुपमा एमाले उपाध्यक्ष भीम रावल सदस्य छन् ।

भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउने क्रम समेत पोखरेल आएपछि रोकिएको र दोस्रो किस्ताको प्रक्रियानै शुरु नभएको भन्दै रावलले सिइओका गतिबिधि आपत्तिजनक रहेको बताए । उनले सिइओ पोखरेल एमालेविरुद्ध भाषण गर्दै हिड्नु अशोभनीय रहेको भन्दै यसबारे बैठकमा कुरा उठाउने बताएका छन् ।

यसबीचमा पोखरेल प्युठानमा कांग्रेसको आमसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गएका थिए ।

 सिइयो पोख्रेल रस्पुरकोट निबासी हुन।पोखरेल आफैं पनि नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई