फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेत"/>
2026-11-01 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा एमालेलाई बहिस्कार, नेताको घर-घरमा तोडफोड र ढुंगामुढा

फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेताहरुको घर फोरिएका छन् भने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा भएको छ ।

आक्रामक बिरोध पर्दर्शनका क्रममा मधेशमा जिल्लास्थित प्रमुख मधेसी नेताहरुको अगुवाई छ । मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् भने एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । त्यस्तै एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड भएका छन् । 

त्यस्तै प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि आक्रमणको प्रयास गरेका छन् । 

मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ भने एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी समेत दिएको छ । 

नेकपा (एमाले) को मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् । यसैको बिरोधमा सप्तरी सहित तराईका बिभिन्न ठाउँमा बिरोध पर्दर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द