Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सप्तरीमा एमालेलाई बहिस्कार, नेताको घर-घरमा तोडफोड र ढुंगामुढा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेताहरुको घर फोरिएका छन् भने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा भएको छ ।

आक्रामक बिरोध पर्दर्शनका क्रममा मधेशमा जिल्लास्थित प्रमुख मधेसी नेताहरुको अगुवाई छ । मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् भने एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । त्यस्तै एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड भएका छन् ।

त्यस्तै प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि आक्रमणको प्रयास गरेका छन् ।

मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ भने एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी समेत दिएको छ ।

नेकपा (एमाले) को मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् । यसैको बिरोधमा सप्तरी सहित तराईका बिभिन्न ठाउँमा बिरोध पर्दर्शन गरिएको छ ।