Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोर्चाद्वारा मानवअधिकार आयोगको गाडी तोडफोड

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सप्तरी, २६ फागुन । प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् ।

सप्तरीको मलेखमा सो आयोगको बा७च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ ।

त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ ।

मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पु¥याएका छन् ।

मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ ।