2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दको प्रभाव भित्री मधेशमा, बजार पसल यातायात ठप्प



अजयकुमार साह/फागुन २७, उदयपुर । सप्तरी घटनाको विरोध गर्दै २८ दलीय संघिय गठबन्धनले गरेको आज शुक्रबारको नेपाल बन्दको कार्यक्रमले उदयपुर सदरमुकाम लगायत भित्री मधेशका जिल्लाहरुमा प्रभाव पारेको छ ।

घटनाको न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग राखेर गरिएको नेपाल बन्दका कारण जिल्लाका तिन वटै क्षेत्रमा यातायात, कलकारखाना, बजार, पसल ठप्प रहेको छ ।

बन्दका कारण लामो दुरी र छोटो दुरीका सवारीसाधन, मालबाहक गाडीहरु सडकमै अलपत्र परेको छ भने, हलुका सवारी साधनहरु चलेको छैन् । सदरमुकाम गाईघाट आसपासमा भने मोटरसाईकल सम्म चलिरहेको छ ।

बन्द सफल पार्न मोर्चा आवद्ध पार्टिका नेता, कार्यकर्ताहरुले विहानै देखी गाईघाट बजारमा नाराबाजी गर्दै बजार पसल बन्द गराएकाछन् । बन्दको क्रममा कुनै पनि किसिमको अप्रिय घटना घट्न नदिनका लागि विहानै देखि सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ ।

मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरु शान्तिपूर्वक आन्दोलनका कार्यक्रमहरुमा सहभागी भईरहेको मोर्चा आबद्ध मधेशीजनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष खेमनारायण यादव(राहुल) ले बताएकाछन् ।

बल प्रयोग गर्नै नपर्ने ठाउँमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको, सप्तरी घटनामा नेकपा एमाले र सरकार गैर जिम्मेबार बनेको आरोप लगाउँदै २८ दलीय संघीय गठबन्धनले दबाबका लागि नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

यता नेपाल बन्द सफल बनाउन गठबन्धनले सहकर्मी दल र मोर्चाहरुलाई कडाईका साथ बिहानैदेखि काठमाडौंको दुई दर्जन स्थानमा खटाएको छ । देशव्यापी जिल्लाहरुमा पनि बन्द सफल बनाउन गठबन्धनले मातहतका दल र मोर्चाहरुलाई कडा निर्देशन जारी गरेको छ । सप्तरीको मलेठमा सशस्त्र प्रहरीले चलाएको गोलि लागि चार जनाको मृत्यु र दर्जनौं गम्भीर घाइते भएपछि आक्रोशित बनेको संघीय गठबन्धनले सप्तरी घटनाको उच्चस्तरिय न्यायीक छानबीन गरी दोषि माथि कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार जस्ता माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल बन्द आह्वान गरिएको गठबन्धनले जनाएको छ ।

सप्तरीमा भएको हत्याकाण्डको न्याय प्राप्ति र उत्पीडित समुदायहरुको समान अधिकार प्राप्तिको निम्ति भोलि फागुन २७ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रमलाई सहयोग गर्नु हुन यातायात व्यवसायी, शैक्षिक संस्थाहरु, व्यापारी व्यवसायी तथा सम्बन्धित सबैलाई गठबन्धनले अपिल समेत गरेको छ ।

यता मधेशी मोर्चासहित संघीय गठनबन्धनको समर्थनमा गरिएको आम हड्तालका कारण पूर्वका सुनसरी मोरङ,  धनकुटा, भोजपुर , इलाम, पाचथर संखुवासभा लगाएतका जिल्लामा विहानैदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था, व्यवसायिक फर्म पूर्ण रुपमा ठम्प रहेका छन् भने मोटरसाइकल एम्बुलेन्स, दूधको गाडीलाई निर्वाध रुपमा चल्न दिएका छन् । यता  भारतीय ज्यादतिविरुद्ध समेत आफुहरु ले आन्दोलन सुरु गरेको मोर्चाले जनाएको छ ।

मोर्चाका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा विहिबार सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रअगाडि एउटा बसमा आगजनी गरेका छन् । रुपनीबाट राजविराजतर्फ आइरहेको ना ५ ख ६७१३ नंको स्वस्तिका बसमा मोर्चाको कार्यकर्ताले आगो लगाउँदा बस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नष्ट भएको गाडी राजविराजदेखि वीरगन्ज चल्ने गाडी रहेको जनाईएको छ । यात्रुलाई भने केही नभएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई