पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले आफूहरु चुनाव विरोधी नभएको तर संविधान संशोधन नभईकन गरिने चुनाव बहिष्कार गर्ने र सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्।

उनले प्रदेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म कुनैपनि हालतमा चुनाव हुन नदिने ठोकुवा गरेका हुन । उनले भने,“यो सरकार अहिले उल्टो बाटोमा हिँडिरहेको छ, प्रदेश नै बनेको छैन, तर स्थानीय तहको निर्वाचन गर्ने भन्दै हिँड्छ, यो कु बुद्धि हो, संघीयतालाई समाप्त पार्ने चालवाजी हो ।”

संघीय संसद र प्रादेशिक संसदको चुनाव नगरी स्थानीय तहको चुनाव गर्न खोजेर संघिय गणतन्त्रलाई समाप्त पार्न तथा देशलाई उल्टो दिशामा लग्न खोजिएको उनको आरोप छ ।