Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सोलुका स्थानीयले दिए र्यालीसहित प्रशासनमा धर्ना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ११, सोलुखुम्बु । आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन् ।

गत शुक्रबार नै र्यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखेका स्थानीयवासीले बिहीबार बिहान ७ बजे सोही भवनको परिसरमा भेला भएर त्यहाँबाट नाराबाजी गर्दै करिब ४ घन्टामा सदरमुकाम आइपुगेका थिए ।

करिब नौसय ६० घरधुरी रहेको तिंलाबाट एक घर एक व्यक्ति अनिवार्य गरी करिब हजारको हाराहारीमा आन्दोलनकारी नाराबाजीसहित जिल्ला प्रशासन कार्यालयमा आइपुगेर एक घन्टा धर्ना दिई त्यसपछि जिल्ला समन्वय समितिको कार्यालयमा समेत धर्ना दिएका थिए ।

प्लेकार्डसहित नाराबाजी गरेका उनीहरुले ‘नेचासल्यान गाउँपालिका जाँदैनौँ’, ‘तिंलावासी एक हौँ’, ‘तिंला स्वायत्त गाउँपालिका घोषणा गर’ लगायत नारा लगाएका थिए ।

आफूहरुलाई सोलुदूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने मागसहित बिहीबार प्रशासन र जिल्ला समन्वय समितिको कार्यालय घेराउमा आएको सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले जानकारी दिनुभयो । बिहीबार सदरमुकाम आएर ¥याली र धर्ना दिएका उनीहरुले आजदेखि थप आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् । रासस