२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका विवादित मतदान केन्द्रमा सहमति जुट्यो

२०७३, ११ चैत्र शुक्रबार ११:३८

चैत ११, बैतडी । बैतडीमा एकसय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ । 

मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

“साण्विकका वडा तथा गाविस नयाँ संरचनाअनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,” उहाँले भन्नुभयो – “साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर गरी नयाँ संरचनाअनुसार पुनः २३ वटै थपिएका हुन् ।” 

यसअघि विवाद देखिएको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका मतदान केन्द्रमा स्थलगत अध्ययन गरी सहमति कायम गरेको बताइएको छ । 

यसअघि दलहरुले २०७० सालमा तय भएका मतदान केन्द्र थप्नुपर्र्ने अडान लिएपछि सहमति हुन सकेको थिएन । बैतडीमा २०७० सालमा संविधानसभाको निर्वाचन हुँदा १२० मतदान केन्द्र रहेका थिए । 

स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपालिका र छ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार ९३२ महिला, ६२ हजार ८५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार ७८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय, बैतडीले जनाएको छ । 

आसन्न स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै