2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरक्षणले भक्तपुरका महिला नेतृत्व उत्साहित

चैत २२, भक्तपुर । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 

त्यसैगरी वडा समितिको वडा अध्यक्षसहितको पाँच सदस्य समितिमा दुई महिला अनिवार्य हुनुपर्ने र त्यसमा एक दलित महिला हुनुपर्ने व्यवस्थाका साथै महिलाका लागि ४० प्रतिशत आरक्षणको व्यवस्था हुनुले सम्पूर्ण महिला दिदीबहिनीलाई अवसरको ढोका खुल्ला भएको काँग्रेस नेत्री सरु बानियाँ बताउनुहुन्छ । 

महिलाका लागि दिएको यस अवसरले टोल, समाज र देश विकासको निम्ति महिलाले गर्दै आएको क्षमताको मूल्याङ्कन गरेको महसुस भएको बताउँदै नेपाल महिला सङ्घकी जिल्ला सभापतिसमेत रहनुभएकी बानियाँ भन्नुहुन्छ – “महिलाले पनि देश निर्माणका लागि योगदान दिन सक्छन् भन्ने अनुभूति गराउन पाउने अवसर प्राप्त भएको छ । सदियौँदेखि नै महिलाप्रति समाजले हेर्ने दृष्टिकोण राम्रो नभएका कारण क्षमता भएर पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अब अन्त्य हुने अवस्था आएको छ ।” 

महिलाका लागि अहिलेको स्थानीय तहको निर्वाचन सुवर्ण अवसर भएको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्लाअध्यक्ष इन्द्रमाया श्रेष्ठ (सरिता) बताउनुहुन्छ । महिलाले पनि अवसर पाए काम गर्न सक्छन् भन्ने प्रमाणित गरेर देखाउने बेला आएको उहाँको भनाइ छ । 

अहिलेको व्यवस्थाले महिलालाई अवसरको ढोका खुल्ला भए पनि थुप्रै चुनौती पनि रहेको अखिल नेपाल महिला सङ्घकी जिल्लाअध्यक्ष बिना बास्तोला बताउनुहुन्छ । समाजमा मात्र होइन पार्टीभित्र पनि महिलालाई हेर्ने दृष्टिकोण अझै शङ्कालु भएकाले महिला नेतृत्व माथि उठ्न नसकेको अहिलेको अवस्थामा अवसरमात्र होइन महिला नेतृत्वलाई क्षमतावानसमेत बनाउन जरुरी रहेको बताउँदै बास्तोलाले निर्वाचनलाई लक्षित गरी चार महिना लामो प्रशिक्षण अभियानसमेत सुरु गरेको उहाँ बताउनुहुन्छ । 

ऐनले महिला नेतृत्व वर्गलाई उत्साहित बनाए पनि सङ्गठनभित्र सक्षम महिला नेतृत्वको खाँचो रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालकी नेत्री जमुना थापा बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई