चैत २४, बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा यस क्षेत्रका वरिष्ठ पत्रकार तथा समाजसेवी बालकृष्ण चापागाईंले आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा यस क्षेत्रका वरिष्ठ पत्रकार तथा समाजसेवी बालकृष्ण चापागाईंले आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उ"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वरिष्ठ पत्रकार चापागाईद्वारा मेयरको आकांक्षा

२०७३, २४ चैत्र बिहीबार १२:२६


चैत २४, बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा यस क्षेत्रका वरिष्ठ पत्रकार तथा समाजसेवी बालकृष्ण चापागाईंले आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयरमा उमेद्वारी दिने आकाक्षां देखाउनुभएको छ । पार्टीको लागि दिएको योगदानका अधारमा नेकपा एमालेले आफूलाई मेयरमा उठाउने विश्वास गर्दै उहाँले आकांक्षा राख्नुभएको हो ।

रिपोर्टस् क्लव लुम्बिनीले विहिबार विहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको निर्णय बमोजिम अघि बढ्ने समेत स्पष्ट पार्नुभयो  । ‘पार्टीले कस्लाई टिकट दिन्छ ग्यारेन्टी छैन्, मैले पाउछु भन्नेमा विश्वास छ, उहाँले भन्नुभयो–‘पार्टी निर्णय मेरो पक्षमा भएन भन्नुभयो स्वतन्त्र वा बागी उमेद्वार बन्ने इच्छा छैन् ।’

पञ्चायतको बिरोध गर्दै विद्यार्थी राजनीतिमा लागेका चापागाईंले पत्रकारितामा तीन दशक व्यतित गरेका छन् । उहाँले प्रेस चौतारी नेपाल केन्द्रको दुई पटक नेतृत्व गर्नुभयो भने राससको नेतृत्व गरेको अनुभव पनि उहामा छ ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा बुटवलको मेयरमा उम्मेदवारमा आकांक्षा देखाएका चापागाईले आफुमा केही गरेर देखाउंछु भन्ने दृढ इच्छा शक्ति र आत्मवल भएकोले आकांक्षा राखेको बताउनुभयो ।

चापागाईले आफु २०५४ सालको स्थानीय निर्वाचनमा पनि मेयरको आकांक्षी भएकोले अहिले पनि मेयरका लागि आकांक्षा राख्नु स्वभाविक भएको बताउनुभयो ।

‘अहिलेसम्म राजनीति र पत्रकारिता क्षेत्रमा आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई प्रयोग गर्दै बुटवललाई देशकै नमुना उपमहानगरपालिका हुंदै महानगरपालिका बनाउन सक्ने आट छ, उहाँले भन्नुभयो– ‘मैले आजसम्म जहाँ जिम्मेवारी लिएको छु, ती सबै ठाँउमा कुशलता पुर्वक कार्य सम्पादन गरेको छु । आफ्नो कार्यकुशलता र क्षमताले ती संस्थाहरुलाई उचाईमा पु‍¥याएको छु ।’

तत्कालीन शाही शासनको अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिकामा आफू रहेको उहाँले बताउनुभयो । ‘राजतन्त्रको विरोध गर्दै काठमाडौं मै रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको हुं । तसर्थ पार्टीले यी सबै कुराहरुको पनि मुल्याङकन गर्ला भन्ने मेरा विश्वास हो । मेरो माग र दाबी समय सापेक्ष र न्यायोचित छ भन्ने मैले ठानेको छु, उहाँले भन्नुभयो ।

२०३५–३६ सालदेखि नै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेको स्मरण गराउदै उहाँले अनवरतरुपमा पञ्चायती व्यवस्थाविरुद्ध, प्रजातन्त्र स्थापना, लोकतान्त्रिक आन्दोलन एवं गणतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहदै आएको बताउनुभयो ।

आफु २०४६ सालको जनआन्दोलनमा बुटवलमा बाममोर्चाको सचिव भएर पञ्चायती व्यवस्था ढाल्न अग्रमोर्चामा रहेर काम गरेंको पार्टीको इमान्दार सिपाही भएको बताउदै चापागाईले विद्यार्थी राजनीतिदेखि पार्टी राजनीति, विभिन्न जनवर्गीय संगठन र पत्रकारितामा पनि पार्टीकै पक्षपोषणमा आफूलाई समर्पित गरको उल्लेख गरे ।

२०३७ सालमा मणिग्राममा सम्पन्न  अधिवेशवनबाट अनेरास्वबियु रुपन्देहीको जिल्ला सचिव, २०३८मा शिवपुर माविमा भएको दोस्रो जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष, त्यसैगरी २०३९ सालमा बुटवलमा सम्पन्न अधिवेसनबाट पनि जिल्ला अध्यक्ष बनेका चापागाई अखिलको सातौं राष्ट्रिय सम्मेलन र आठौं राष्ट्रिय सम्मेलनबाट २०४० देखि ०४४ सालसम्म  केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज भई पञ्चायत विरोधी आन्दोलनमा सशक्त भूमिका खेल्दै विद्यार्थी मोर्चाबाट प्रजातन्त्र प्राप्तिको आन्दोलनमा योगदान पुराएका थिए ।

२०४६ सालको जनआन्दोलनमा केपी ओली अञ्चल इञ्चार्ज हुदा आफु लुम्बिनी अञ्चलमा अखिलको संगठन विस्तार र पञ्चायत विरोधी आन्दोलनलाई उत्कर्षमा पु¥याउने अभियानमा मन बचन कर्मले काम गरेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ