चैत ३०, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस मध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस मध्य"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन’

चैत ३०, भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताउनुभएको हो । 

उहाँले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “आकाश खसे पनि धर्ती फाटे पनि वैशाख ३१ गतेको निर्वाचन सर्दैन ढुक्क हुनुहोस् ।” उहाँले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दललाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । 

संविधानको सफल कार्यान्वयनको एक मात्र कडी स्थानीय तहको निर्वाचन भएको बताउँदै मन्त्री थापाले एमाले र मधेसवादी दललाई सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई प्रस्थान विन्दु मानेर सहमतिमा आउन आग्रहसमेत गर्नुभयो । 

समयमा निर्वाचन नभए संविधान असफल हुने र त्यसले मुलुकमा बिखण्डनवादी हाबी हुने बताउँदै मधेसबिना निर्वाचन सम्भव नभएकाले संविधान संशोधनको संशोधित प्रस्ताव संसद्मा दर्ता गरेको जानकारी दिनुभयो । मुलुकमा नक्कली राष्ट्रवाद हाबी हुन खोजेको बताउँदै उहाँले मधेसलाई नेपाल नदेख्नेले राष्ट्रवादको कुरा गर्नु गलत भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले संविधान निर्माणको नेतृत्वमा निर्माण भएको संविधानको सफल कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको भएकाले यसलाई सफल बनाउन स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । 

नेपाली काँग्रेस मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, निवर्तमान सभापति गणेशमान चक्रधर, पूर्वसभापति महेश श्रेष्ठ, मध्यपुर थिमि नगर समितिका निवर्तमान सभापति अष्टकुमार कवे, मध्यपुर थिमिका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर मुरारीप्रसाद आचार्य, नेपाली काँग्रेस क्षेत्र नं १ सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायणभक्त खायमलीलगायत नेताले स्थानीय तहको निर्वाचनमा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई