अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्"/>
2026-11-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीमा क्षेत्र कार्यक्रम रौतहटमा प्रभावित, संस्थाहरु निरास

अभिमनु कु. पटेल | चैत ३०, रौतहट | रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी उमेश बस्नेत र सीमाक्षेत्र विकास कार्यक्रमका सम्पर्क व्यक्ति मनोज कर्ण कार्यक्रम बिक्री वितरण गरेको खुल्ला भएपछि रौतहटमा सीमाक्षेत्र विकास कार्यक्रम प्रभावित भएका छन ।

मधेशका २० औँ जिल्लाहरुमा ततकालिन जिल्ला विकास समिति मार्फत स्.चालन गर्ने केन्द्रबाट विनियोजित गरेको रकम स्थानीय विकास अधिकारी बस्नेतले आफना दल्ला कर्मचारी मनोज कर्ण मार्फत बिक्री २० देखि ३० प्रतिशत रकम लिई योजना बिक्री वितरण गरेको समाचार प्रकाशन प्रशारण हुँदा मन्त्रालयले कार्यवाही सुरु गरिसकेका छन । गत सोमबार मन्त्रालयका अनुसान्धान टोली छानविन सीमाक्षेत्र कार्यक्रमका शंकास्पद कागजातहरु नियन्त्रणमा लिए पश्चात योजनाहरुको कार्यदेश समेत रोकिएपछि कार्यक्रम नराम्रो तरिकाले प्रभावित भएका छन । कार्यक्रम संचालन गर्न छनौट भएका ५३ वटा संस्थाहरु मध्ये केहीले सम्झौता गरी कार्यदेश लगेपछि काम गर्ने अवस्था नरहेको तथा बाँकी संस्थाहरु कार्यदेश नपाएपछि छनौट भएका सबै संस्थाहरु निरास भएका छन । श्रोतका अनुसार संस्थाहरु रद्ध हुने सम्भावना रहेकोछ । रद्ध हलला भित्र भित्रै चलेपछि रकम तिरेर कार्यक्रम लिएका संस्थाहरु बिचलित भई फोकल पर्सन मनोज कर्णलाई दिएको रकम फिर्ता गर्न धम्काई रहेका छन । नाम प्रकाशन नगर्ने शर्तमा एक जना संस्थाका अध्यक्षले आफु कमीशन फिर्ता गर्न कर्णलाई  भन्दा एक सप्ताह हेरौ कार्यक्रम रद्ध भएपछि रकम आफै फिर्ता गरिदिन्छु भनेको कुरा खुलासा गरेका छन सुचना गोप्य राखेर ठूलो रकम असुली गर्न सोचेका लेखापाल कर्ण संचालनको लागि सुचना प्रकाशन तथा संस्था छनौट प्रक्रियामा पनि सुचना लुकाउदा संचारकर्मीहरुका कारण सुचनाहरु सार्वजनिक भएका थिए ।

विदेश भ्रमणमा गएका स्थानीय विकास अधिकारी बस्नेतले २०७३ चैत्र १५ गतेका दिन जिल्ला छोडने वेलामा खाली निर्णय पुस्तिका, कार्यदेश र खाली सम्झौता पेपरमा हस्ताक्षर गरी रकम असुली गर्न आफना निकट भ्रष्टाचारी कर्मचारी कर्णलाई हस्तान्तरण गरी प्रमाण फेला परेको सुचनाले जिल्ला देखि मन्त्रालय सम्मका कर्मचारीहरु चकित भएका छन । 

यस्तो गैर कानुनी कामका कारण अधिकारी बस्नेत र फोकल पर्सन कर्ण कार्यवाहीमा पर्ने कानुन विदहरुले दाबी गरेका छन । एक श्रोतका अनुसार सीमाक्षेत्र विकास कार्यक्रम लागि अदालतबाट छिटै नै प्रमादेश जारी हुने निश्चित छ । सीमाक्षेत्र कार्यक्रमबाट आफनो औलो सिधा गर्ने अर्थात कार्यक्रम पाउने केही नेता, अभिनेता तथा संचारकर्मीहरुमा हडकम्प मचेको छ भने रकम तिरेकाहरु कर्णलाई रकम फिर्ता लिन खोज्न थालेका छन । यता भ्रष्टाचार गरी मोटो रकम कमाउने सपना देखेका बस्नेत र कर्णले अबदिनमा नै खाली तारा देखिरहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द