सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/>

2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका गाउँ-गाउँमा एमाले यसरी सक्रिय हुँदैछ

सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर पालुथान, प्यूठान नगरपालिका धर्मावती, जुम्रिकाँढा, मल्लरानी गाउँपालिकाको खलंगा, रस्पुरकोट चौरपानी, चुँजाको सोलहाल्ना, गौमुखी गाउँपालिका ठूलावेसी, झिमरुक गाउँपालिका मच्छि, सौतामारे, विड्डाँडाफेदी, बादीकोटको बालुवाखेला र काँसीपोखरामा चुनावी सभा तथा वर्डा भेलाहरु सम्पन्न गरेको छ । 

दोस्रो चरणको अभियान अन्तर्गत गाउस्तरमा भएका कार्यक्रमलाई  नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार बिभाग उप प्रमुख सुर्य थापाले  सम्वोधन गरेका छन । थापाले कार्यक्रममा सम्वोधन गर्दै हालसम्म सरकारमा रहेका दलहरुले चैते र वैशाखे विकासको आश्वासनमा गाँउ छिरेपनि आफ्नो पार्टीलाई सिन्को असर नपर्ने दावी गरे । साथै चुनावी माहोलमा पार्टीका कार्यकर्ताले एक महिने विकासको झुट्टा भ्रममा नपर्न समेत थापाले मतदाताहरुलाई आग्रह गरेका छन् । 

चुनावको अवसरमा विकासका झुटा नारा बनाएर मतदातालाई आश्वासन दिएर मत नमाग्न पनि उनले सुझाव दिए । ‘निर्वाचनमा मतदातालाई विकासको आश्वासन होईन’, उनले भने , हामीले सपना बाँडेर मत माग्न सिक्नुपर्छ । ’ थापा संगै नेकपा एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्का लगायतले चुनावी सभामा सम्वोधन गरेका थिए । 

नेकपा एमाले प्युठानले गाउपालिका तथा नगरपालिकाका केहिँ ठाउँमा आफ्ना उम्मेद्वार तोकिसकेको र अन्य ठाउमा चयनको प्रक्रियामा रहेको एमाले प्यूठानले जनाएको छ । हाल सम्म करिब वडा स्तरमा उम्मेद्वार अन्तिम चरणमा रहेको बताइएको छ । बाकी रहेका ठाउमा पनि बैशाखको पहिलो हप्ता भित्र उम्मेदवार तोकिने एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्काले बताए । 

नेकपा एमाले जन्ताको  हक हितका लागि लड्ने पाटी भएकाले प्युठानका उम्मेदवारहरु नेकपा एमाले पार्टीलाई मन पराएको उनले वताए । उनले प्युठान जिल्लाका नगरपालिका र गाउपालिकाका  स्थानिय तहको निर्वाचन जित्ने दावी गरे । प्युठान जिल्लामा एक सय ५१ मतदान केन्द्र र एक लाख २७ हजार चार सय ४४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द