2026-09-12 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट महिलाको मृत्यु

बैशाख ९, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८५५९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे७प ४३७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । 

मोटरसाइकलको पछाडि सवार चौधरी सो ठक्करबाट घाइते हुनुभएको थियो । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक, त्यसका चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

यस्तै पूर्व पश्चिम राजमार्गमा पर्ने रुपनी गाउँपालिका–१ स्थित पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट सोही ठाउँका अकबर मियाँको ५ वर्षीया छोरी कलिम मियाँ घाइते भएका छन् । ती बालिकालाई बाटो काट्ने क्रममा स१च ८६५ नंको भ्यानले ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते बालिकाको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस