2026-07-24 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सोलुखुम्बुमा निर्वाचन सन्दर्भ: श्रीमान् प्रमुख र श्रीमती उपप्रमुख

बैशाख १०, सोलुखुम्बु | नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्÷श्रीमती परेका छन् । 

उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो । 

प्रमुख पदमा वीरउदास श्रेष्ठसँगै आङ दामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, दोर्जी जाङबु लामा, सन्तोष मगर र डिबी राणापाल तथा उपप्रमुख पदमा कल्पना राई, मनकुमारी बस्नेत, याङडी लामा र सूर्यकुमारी सुनुवारको नाम सिफारिस गरेको प्रचार विभाग उपसंयोजक जगनाथ बास्तोलाले जानकारी दिनुभयो । कल्पना राई जिल्ला समिति प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठकी श्रीमती हुनुहुन्छ । 

यसैगरी सो दलले छवटा गाउँपालिकाको प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । जसअनुसार सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दूधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत, नेचा सल्यान गाउँपालिका प्रमुखमा डुफकुमार बास्तोला र उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाएको छ । 

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाएको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हामु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक