बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्ट"/>
2026-07-24 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

राप्रपा ओखलढुंगाको संयोजकमा सुवेदी

बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिको बैठकले सुवेदीलाई पार्टी संयोजकमा निर्विरोध चयन गरेको हो । यस अघि पार्टी एकता पछिको जिल्ला अधिवेशनबाट सुवेदी क्षेत्रीय अध्यक्ष बन्नु भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र गुरुङ केन्द्रिय कार्यसमितिमा गएसँगै सुुवेदीलाई ओखलढुंगा  जिल्ला संयोजक बनाईएको र निर्वाचन कमिटी संयोजकको जिम्मेवारी पनि सुवेदीलाई नै दिईएको राप्रपा ओखलढुंगाले जनाएको छ ।

स्थानीय निकाय निर्वाचन र पार्टीको आन्तरिक छलफलका लागि आयोजित अगुवा कार्यकर्ता भेला तथा जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनमा राप्रपालाई जित दिलाउने गरि अभियानात्मक रुपमा लाग्ने निर्णय पनि गरेको राप्रपा नेता रेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि उमेद्वार घोषणा नगरिए पनि सबै गाउँ तथा नगरपालिकामा उमेद्वार उठाउने विषयमा आन्तरिक छलफल भएको छ ।

यसैबिच नेपाली कांग्रेसका प्रभावशालि नेता सहितका युवाहरु राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्ष भएका मानेभञ्ज्याङ गाउपालिका स्थित केत्तुकेका नेता पर्वलाल तामाङ आज एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गर्नुभएको हो । तामाङ सहित कांग्रेस र अरु पार्टीबाट आज ७० जना भन्दा बढि राप्रपामा प्रवेश गरेको जिल्ला संयोजक सुवेदीले जानकारी दिनुभयो । प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिईने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक