2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा चुनावका बेला बालबालिकाको प्रयोगलाई पूर्णरुपमा रोक

बैशाख १४, भक्तपुर । आगामी ३१ गते हुने स्थानीय तहको चुनावसँग सम्बन्धित कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोगलाई भक्तपुरमा पूर्णरुपमा रोक लगाइने भएको छ । 

जिल्ला बाल कल्याण समितिले आज यहाँ आयोजना गरेको निर्वाचन बालअधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँग भएको अन्तक्र्रियामा यस्तो निर्णय भएको हो । 

कार्यक्रममा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरु हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग गर्न नपाइने गरी रोक लगाइने बताउनुभयो । 

निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचनपछि विजय ¥यालीमा समेत कुनै पनि दल वा उम्मेदवारले बालबालिकालाई चुनावको प्रचारप्रसार, ¥याली, पोस्टर टाँस्न, पर्चा बाँड्न वा निर्वाचनका दिन लाइनमा राख्नसमेत नपाइने गरी रोक लगाइने उहाँले जानकारी दिनुभयो । 

प्रजिअ अधिकारीले भन्नुभयो, “निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि चुनावका कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन टोलीले नियमित अनुगमन गर्नेछ ।” भक्तपुर जिल्लालाई निर्वाचनमा बालबालिका प्रयोगमुक्त जिल्ला बनाउन सबै राजनीतिक दललाई उहाँले आग्रहसमेत गर्नुभयो । 

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका बालअधिकार श्रोतव्यक्ति रवि गौतम र जिल्ला बाल क्लब सञ्जालका श्रीकृष्ण थापाले बालबालिकाको गलत प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा हुने बालबालिकाको प्रयोगलाई पूर्णरुपमा रोक्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सचिव (स्थानीय विकास अधिकारी) धु्रवप्रसाद कोइराला, जिल्ला बाल कल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख नीला घिमिरे, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, नागरिक समाजका अध्यक्ष उत्तमकृष्ण कर्माचार्य, सेभ द चिल्ड्रेन कि निलम धनुषेले पनि बालबालिकाको प्रयोग हरेक क्षेत्रबाट रोक्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राजनीतिक दलका नेता, विभिन्न कार्यालयका प्रतिनिधि, नागरिक समाज एवम् सरोकारवाला निकायका प्रतिनिधिले आगामी चुनावमा भक्तपुरलाई बालबालिकाको प्रयोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गर्नुभयो ।

नेपाली काँग्रेसका तर्फबाट सुशील बस्नेत, एमालेका तर्फबाट विष्णुप्रसाद सुवाल, जनमोर्चाका तर्फबाट शिवहरि खनाल, नेमकिपाका तर्फबाट रामेश्वर बोहरालगायतका नेताले बालबालिकाको प्रयोग हुन नदिने बताउनुभयो । 

कार्यक्रममा महिला विकास अधिकृत नीला घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई