2026-06-28 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाली कांग्रेस कास्कीले १५ वडाको उम्मेद्वारको टुंगो लगायो ।

2017-04-27

 वैशाख १४,पोखरा | नेपाली कांग्रेस क्षेत्र नं. ४ ले १५ वडाको उम्मेद्वारको टुंगो लगाएको छ । नेपाली कँंग्रेस क्षेत्र नं. ४ को बुधबार वसेको बैठकले १५ वडाको उम्मेद्वारको टुंगो लगाएको हो। क्षेत्र नं. ४ मा दुई गाउ पालिका मध्ये अन्नपूर्ण मा गाउपालिका मा ११, माछापुच्छ«े गाउ पालिकामा ९ र पोखरा लेखनाथ महानगरपाललिकाका ६ वडा रहेका छन्।

गाँउ पालिकाको अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष गरी एक सय ३४ उम्मेद्वार चाहिने एक उपाध्यक्ष सहित ७७ जना उम्मेद्वार सर्वसम्मत् टुंगो लागेको नेपाली कांग्रेस क्षेत्र नं.४ का सचिव खिमलाल बास्तोलाले जानकारी दिए। अन्नपूर्ण गाउ पालिकाको उपाध्यक्षको उम्मेद्वारमा खेमकुमारी गुरुङ सर्वसम्मत भएकी छन्

अन्नपूर्ण गाउपालिकमा अध्यक्षका लागि छ जनाको नाम सिफारीस भएको छ भने माछापुच्छ«े गाउपालिकामा अध्यक्षमा छ जना र उपाध्यक्षमा सात जनाको नाम सिफारीस भएको छ। अन्नपूर्ण गाउ पालिका अन्तर्गत वडा नं. ३ को वडा अध्यक्षमा गमबहादुर गुरुङ दलित महिला सदस्य रुपा अधिकारी, महिला सदस्यमा उजेली केसी तथा खुल्ला सदस्यमा डिल्लीराम पौडेल, बलबहादुर गुरुङको नाम टुंगो लागेको छ।

अन्नपूर्ण गाउ पालिका अन्तर्गत वडा नं. ४ को वडा अध्यक्षमा भरतबहादुर केसी दलित महिला सदस्यमा विमला सुनार, महिला सदस्यमा उजेली पौडेल तथा खुल्ला सदस्यमा अनिलकुमार गुरुङ र अम्मरबहादुर खत्री क्षेत्री उठ्ने भएका छन् भने वडा नं.५ बाट वडा अध्यक्षमा जीवनाथ पौडेल(शंकर), दलित महिला सदस्यमा कालिका नेपाली, महिला सदस्यमा भगवती केसी तथा खुल्ला सदस्यमा जसबहादुर विक र सहबहादुर विकको नाम टुंगो लागेको छ।

वडा न.८ को वडा अध्यक्षमा विजय गुरुङ, दलित महिला सदस्यमा गौमाया विक, महिला सदस्यमा भीमकुमारी क्षेत्री तथा खुल्ला सदस्यमा अमृत गुरुङ र टेकबहादुर गुरुङ र वडा नं. ११ को वडा अध्यक्षमा भुवनेश्वर गुरुङको नाम टुंगीएको छ।

त्यसैगरी माछापुच्छ«े गाउ पालिकाको वडा नं.१ को वडा अध्यक्षमा विरेन्द्र गुरुङ, दलित महिला सदस्यमा श्याम माया सुनार, महिला सदस्यमा जमुन पुन तथा खुल्ला सदस्यमा क्या. निरप्रसाद गुरुङ र कहिले मगर उठ्ने भएका छन् भने वडा नं. २ को वडा अध्यक्षमा गुञ्जमान गुरुङ, दलित महिला सदस्यमा मनकुमारी विक, महिला सदस्यमा भीमकुमारी गुरुङ तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र गणेश आचर्यको नाम टुंगीएको छ।

त्यसैगरी वडा नं.३ मा वडा अध्यक्ष वाहेक सदस्यको टुंगो लागोको छ। दलित महिला सदस्यमा कोपिला परियार, महिला सदस्यमा मिना सुवेदी तथा खुल्ला सदस्यमा भीमबहादुर पुन र प्रेमबहादुर जसी उठ्ने भएका छन्। वडा नं. ५ को वडा अध्यक्षमा लालबहादुर गुरुङ, दलित महिला सदस्यमा शिला विक, महिला सदस्यमा मनु बुढाथोकी तथा खुल्ला सदस्यमा नन्दलाल लामिछाने र गंगाबहादुर गुरुङको नाम टुंगीएको भने वडा नं. ६ र ९ मा महिला सदस्यमा क्रमश हरिमाया अधिकारी र शिरकुमारी तामाङको नाम मात्रै टुंगीएको छ।

त्यस्तै पोखरा लेखनाथ महानगर पालिका वडा नं. २ को वडा अध्यक्ष वाहेक सदस्यको सवै नाम टुंगीएको छ। जसमा दलित महिला सदस्यमा सुनिता सुनार, महिला सदस्यमा गोमा सुवेदी तथा खुल्ला सदस्यमा गौतम विजुक्छे र प्रमोद पराजुलीको नाम टुंगो लागेको छ। वडा नं.१८ को वडा अध्यक्षमा भरतबहादुर थापा र दलित महिला सदस्य संझाना सुवेदीको टुंगो लगाउदै गर्दा वडा नं. २४ मा भने वडा अध्यक्षमा भरतबहादुर अधिकारीको नाम मात्रै टुंगो लागेको छ।

त्यसैगरी, वडा नं. २२ को वडा अध्यक्षमा अशोक गुरुङ, दलित महिला सदस्यमा देउकुमारी विक, महिला सदस्यमा ओमकुमारी गुरुङ खुल्ला सदस्यमा मातृकाप्रसाद बराल र सन्तोष दियालीको नाम टुंगीएको नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाशचन्द्र सापकोटाले जानकारी दिए। वाकी वडाको उम्मेद्वार शुक्रबार वेलुकासम्म टुंग्याउने नेपाली कांग्रेस क्षेत्र नं.४ का सभापति पोषनाथ शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी