२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चुनाव सरेपछि बैतडीमा निर्वाचन गतिविधिमा सुस्तता

२०७४, १५ बैशाख शुक्रबार ०३:००

बैशाख १५, बैतडी । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ । 

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ गते हुने भनेको प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । “गाउँसहर निर्वाचनमय भइसकेको थियो”, उहाँले भन्नुभयो, “जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।” 

जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताउनुभयो । “वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ”, उहाँले भन्नुभयो, “दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।” 

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । 

यस्तै, राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो । 

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको नेकपा (एमाले) र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताउनुभयो । आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशङ्का जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताउनुभयो । 

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटको भनाइ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी