2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरको मेयरमा काग्रेसबाट पालिखे, एमालेबाट जिसी, माओबादीको टुंगीन बाँकी

 कमल सुबेदी, पोखरा |

बैशाख १८ पोखरा | बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि कांग्रेसले  मेयर र उप मेयरका लागि उमेद्धारको टुंगो लगाएको छ । काग्रेसले  लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र  उपमेयरमा चन्द्रावति पौडेललाई उमेदवार तोकेको छ । काग्रेस जिल्ला समितिले सिफारिस गरेकाहरुबाट केन्द्रिय समितिले उमेदवारको टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिले जिल्ला समितिलाई पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा ३३ र उपमेयरमा १५ जनाको नाम सिफरिस गरेकोमा सबै नाम जस्ताको त्यस्तै केन्द्रिय समितिमा पठाइएको थियो । कांग्रेस स्रोतका अनुसार कास्की क्षेत्रनम्बर ३ बाट सिफारिमा परेका पालिखे र क्षेत्रनम्बर १ बाट सिफारिस भएकी पौडेललाई उमेदवार बनाउने निर्णय भएको हो । यद्यपी चयन भएका उमेदवारको औपचारिक घोषणा भने गरिएको छैन । 

त्यस्तै नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि मेयर र उपमेयरको उमेदवारको टुङ्गो लगाएको छ । एमाले स्थायी समितिको बैंठकले सोमवार मेयरका लागि  मान बहादुर जिसी र उपमेयरमा मञ्जुदेवि गुरुङलाई उठाउने निर्णय गरेको हो ।  एमालेमा मेयरको आकांक्षी धेरै भएपछि एमाले कास्कीले मतदान गरेर नै धेरै मत ल्याउने दुई र एक महिला उम्मेदवार सिफारिस गरेको थियो । उक्त मतदानमा जीसीले सर्वाधिक मत पाएका थिए ।जिसी एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा  जिल्ला कमिटि कास्कीका पुर्व जिल्ला अध्यक्ष समेत हुन् ।  त्यस्तै उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् ।

त्यस्तै गरि यो समचार तयार पार्दासम्म माओबादी केन्द्रको मेयर र उपमेयरमा अझै  टुंगो लागिनसकेको माओबादी स्रोतले जानाकरी दिएको छ । त्यस्तै राप्रपाले पनि मेयरमा गीता गुरुङ र उपमेयरमा रमेश खत्रीलाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता