2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता

बैशाख २०, भक्तपुर । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

आज भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुनुभएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताउनुभयो । 

मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पताललाई सुविधासम्पन्न एव्म यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताउँदै उहाँले मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, यहाँका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पुहँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको धारणा व्यक्त गर्नुभयो । 

यता रफतसञ्चार क्लबमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । 

उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकिरण एवम् उत्पादनको जिल्लाको रुपमा विकास गर्ने, राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविद्यताको संरक्षण एवम् प्रर्वद्धनमा आफ्नो महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो । 

कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पु¥याउने, स्वास्थ्य संस्थाको विकास र विस्तार गरी यसलाई गाउँगाउँमा पहुँच पु¥याउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाउनुभयो । 

उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उहाँले बताउनुभयो । 

भक्तपुर नगरपालिकामा काँग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द