भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मे"/>
2026-07-25 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

रोशी गाउँपालिका प्रमुखमा एमालेको बलियो उम्मेद्वार

भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मेद्वार बनाएको छ । 

उम्मेद्वार मनोनयन दर्तासंगै रोशीगाउँपालिकामा आफुले सहजै रुपमा जित हासिल गर्न सक्ने दावी गरे । रोशीखोलाका जनताको मन जित्न सफल उम्मेद्वारका रूपमा आफूलाई स्थापित गराउन गूरुयोजना सहित चुनावी मैदानमा होमिएका छन् । 

१० ओटा गा.वि.स.को संयोजनपछि बनेका उक्त रोशीगाउँपालिका अन्यभन्दा  फरक भौगोलिक र संभावना बोकेको गाउँपालिका भएकाले आफु मेहनती साथ विकास र परिवर्तनका निम्ति ज्यान दिन तयार रहेको बताउछन् । सबैलाई शिक्षाको पहुच पु¥याउन लामो समयदेखि अनवरत रूपमा शिक्षा क्षेत्रको सुधारका कार्यमा लागेका उनि शिक्षालाई नै पहिलो प्राथामिकता दिदै मस्टर डिग्री सम्म अध्ययन अध्यपान गराउने विद्यायलको स्थापनामा जोड दिएका छन् । 

मुख्यतय आफु यस निर्वाचनमा विजयपछि उक्त क्षेत्रमा खानेपानीको अभाव देखिएकाले स्वच्छ खानेपानी खुवाउने, एक घर एक रोजगार, प्राविधिक शिक्षा, पर्यटन व्यावसाय, लगाएत स्वास्थ्य क्षेत्रको विकास र वृद्धिस्तरमा प्रतिवद्धता दिएका छन्् । आम जनसमुदायको स्वास्थ्यलाई मध्य नजर गर्दै एक सय सैयाको अस्पतालको स्थापना गरेर सेवा प्रदान गर्ने बताए । 

उनले १२ ओटा वडामै दश युवा बराबर एक उद्यामी बनाउने समेत संकल्प गरेका छन् । उनले थपे रोशी गाउँपालिकालाई देशकै स्तरिय र नमूना गाउँपालिका बनाउने लक्ष्य सहति जनतामाझ मतदानको आपेक्षका गरेका छन् । 

पिन्थलीमा २००९ मा जन्मिएका लामा वि.स. २०३४ सालमै गा.वि.स अध्यक्ष भैसकेको इमान्दार, कर्मठ, विकासप्रेमी तथा शिक्षा र समाजसेवामा तत्परता रहि क्रियाशिल भूमिका निभाउँदै आएका व्यक्तिको रूपमा चिनिन्छ । 

रोशी भेगमै बज्र लामाको नसुन्ने व्यक्ति विरालै छन् । २३ वर्षसम्मा विद्यालय व्यवस्थापनमा लाग्दै हरेक गाउँबस्तीमा शिक्षाको पहुँच पु¥याउने अभिलाषाका साथ विद्यालयको व्यवस्थापन र शिक्षामा सुधार ल्याउने कार्यमा तल्लिन व्यक्ति हुन । 

त्यस्तै सामाजिक तथा महिला अधिकारकर्मीका क्षेत्रमा क्रियशिल विभिन्न सामाजिक संघसंस्थाका पद सम्हालेर सबैको नजरमा पार्न सफल व्यक्ति बबिता बोहोरालाई उपप्रमुखमा उम्मेद्वार बनाएकी छन् । सरल मिलनसार र महिलामैत्री जनप्रतिनिधिको आवश्यकतालाई महुसुस गरेको व्यक्त गर्दै आफू एमालेको तर्फबाट गाउँ उपप्रमुखमा उम्मेद्वारी दिएको बताईन् । स्थानीय तहको निर्वाचनमा आफु जित्ने शंक नभएको बताउँदै मेरो क्षमतालाई कदर गर्दै रोशी गाउँपालिकाका दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने दावी गरिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक