2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ सिन्धुपाल्चोकमा चुनावी माहोल

बैशाख २४, सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । 

पार्टीहरुले आ–आफ्ना विभिन्न पदको उम्मेदवारको निर्णय गरेसँगै चुनाव आफ्नो पक्षमा बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्तासम्म अहोरात्र लागिपरेका छन् । 

मेलम्ची नगरपालिकामा मुख्य दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले)को नगर प्रमुखका लागि निकै प्रतिस्पर्धा हुने देखिएको छ भने राप्रपा र माओवादी केन्द्रले पनि माहोल आफ्नो पक्षमा पार्न पछ्याइरहेका छन् । 

जिल्लाको पश्चिम मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एघार गाविस मिलेर बनेको मेलम्ची नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र तीन नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ । 

मेलम्ची नगरपालिकामा मुख्य चार दलबाट क्रमशः प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट आइतमान तामाङ र सविता गुरुङ, नेकपा (एमाले)का तर्फबाट डम्बर अर्याल र भगवती नेपाल, राप्रपाका तर्फबाट फणीन्द्र दाहाल र कुमारी तामाङ, माओवादी केन्द्रबाट श्याम खड्का र मुनादेवी ढकाल उम्मेदवार रहेका छन् । 

आफ्नो दललाई बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई सबैले बाक्लो बनाउन थालेका छन् । 

अहिले जिल्लाभरि नै विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै जोड दिइएको पाइन्छ । 

विशेष गरेर ठूला दलहरु काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलहरुले मतदाता नामावलीमा नाम भएकाहरुको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् । 

पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटकको स्थानीय तहको निर्वाचनमा निकै राम्रो नतिजा आउनेमा मुख्य सबै दलले आशा राखेका छन् । 

नगरपालिकाभित्र नेपाली काँग्रेस र नेकपा (एमाले)को प्रतिस्पर्धा हुने देखिए पनि केही समयअघि शक्तिशाली पार्टीका रुपमा उदाएको नेकपा (माओवादी केन्द्र)ले माहोल बढाएको छ । मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार ९८७ मतदाता रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई