2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलहरु चुनावी तालमेलमा यसरि ओर्लिए

बैशाख २४, पोखरा । निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ । 

दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै दिनमा चार/पाँचवटा वडामा पुग्नु पर्दा उनीहरुलाई भ्याइनभ्याई छ । 

प्रचारप्रसार गर्ने सवारीसाधनमा उम्मेदवारहरुका तस्वीर टाँसेर माइकबाट भोट मागिरहेको दृश्य यत्रतत्र देखिन्छ । अहिले पोखरानगर क्षेत्रभित्र जताततै गीत बजिरहेको छ । एकपछि अर्को दल माइकबाट गीत बजाउँदै हिँड्दा मतदातामा उत्साह थपिएको छ । 

उम्मेदवारले आफ्नो पार्टीले चुनाव जितेमा टोलमा यो यो काम गर्छौं भनेर प्रतिवद्धता व्यक्त गरेका छन् भने मतदाताले पनि उम्मेदवारहरुलाई आफ्नो टोलमा गर्नुपर्ने विकास निर्माणबारे ध्यानाकर्षण गराइरहेका छन् । 

निर्वाचन जित्न राजनीतिक दलहरुले तालमेल पनि गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएको छ । माओवादी केन्द्रबाट महानगरको प्रमुख पदमा उम्मेदवारी दिनुभएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर काँग्रेसबाट उम्मेदवारी दिनुभएका रामजी कुँवरलाई समर्थन गर्नुभएको छ । 

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पनि तालमेल भएको छ । महानगरको प्रमुखमा फोरमका हुमबहादुर गुरुङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीका लक्ष्मी खाती परियार उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुग्नुभएको छ । 

महानगरको वडा नं १३ मा नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच एक अर्कालाई वडाध्यक्ष र सदस्यमा सघाउने गरी तालमेल भएको छ । जिल्लामा ३७० पदका लागि एक हजार ५२४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । 

पोखरा–लेखनाथ महानगरपालिका र रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रेगाउँपालिकामा गरी दुई लाख २४ हजार ८११ मतदाता रहेका छन् । जिल्लामा १५० मतदानस्थल र २८८ मतदान केन्द्र तोकिएको छ भने निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय झन्डै एक हजार ५०० कर्मचारी खटाउन तयारीमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो