बैशाख २७, बुटवल । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । 

उहाँले बुद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, बुटवल । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । 

उहाँले बुद्"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीको समग्र विकासमा ध्यान दिउँ: उपराष्ट्रपति पुन


बैशाख २७, बुटवल । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । 

उहाँले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति पुनले २५६१ आँै बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुन्छ भन्नुभयो । 

उहाँले बुद्ध एक महान दार्शनिक हुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भन्नुभयो–“बुद्ध दर्शनको महत्व अझै बढेको छ ।” 

उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरुरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो–“बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रमबारे चिर्न जरुरी रहेको छ ।” 

नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उहाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताउनुभयो । 

कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताउनुभयो । 

उहाँले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउनुभयो । 

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना अगाडि बढाएको बताउनुभयो । 

उहाँले भन्नुभयो–“लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर गुरुयोजना अगाडि बढाउने योजना रहेको छ ।” उहाँले लुम्बिनीको पर्यटन विकासमा यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनेको लागि सरकारले बुद्ध परिपथको अवधारणा अगाडि बढाएको र लुम्बिनी क्षेत्रको विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको जानकारी दिनुभयो । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रुपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रुपमा विकास गरोस् भन्नुभयो । 

सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गर्नुभयो । 

कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो । उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई