2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका मतदाता भन्छन्– ‘भोट हाल्नै गाह्रो छ’

बैशाख ३०, भक्तपुर । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ । 

लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्न मै मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योल सिर्जना भएको हो । 

बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थल मै मतदान गर्न सिकाउने भने पनि प्रभावकारी नभएपछि भोट हाल्ने दिन नजिक आए पनि मतदाता भने अन्योलमा परेका हुन् । 

भक्तपुर नगरपालिका–१ सल्लाघारीका रामकला श्रेष्ठले सात ठाउँमा भोट हाल्नुपर्छ भनेकाले अन्योल भएको र भोट हाल्नै नआउँला भन्ने लागेको बताउनुभयो । 

चाँगुनारायण नगरपालिका–९ ताथलीका सारदा खड्काले भोटै हाल्न नआउने बताउनुभयो । उहाँले भन्नुभयो– “पहिलाजस्तो एक वा दुई ठाउँमा भोट हालेर हुँदैन रहेछ, यस पटक सात ठाउँमा भोट हाल्नुपर्ने रहेछ, फरकफरक चिह्नमा भोट हाल्नु प¥यो भने एउटालाई हालेको भोट अर्कैलाई पर्ला भन्ने डर छ ।” 

यसपटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएकाले मत कसरी राख्ने भन्ने विषयमा राम्ररी जानकारी नहुँदा आफ्नो मत बदर होला भन्ने त्रास रहेको उहाँले बताउनुभयो । जिल्लाका ज्येष्ठ नागरिक र अशिक्षित मतदातालाई यसपटकको चुनावमा मतदान गर्न समस्या परेको बताएका छन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले विगतका निर्वाचनको तुलनमा यस वर्ष मत बढी बदर हुने आशङ्का भएको बताउनुभयो । विगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्योभन्दा बढी सम्भावना रहेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द