2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका मतदाता भन्छन्– ‘भोट हाल्नै गाह्रो छ’

बैशाख ३०, भक्तपुर । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ । 

लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्न मै मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योल सिर्जना भएको हो । 

बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थल मै मतदान गर्न सिकाउने भने पनि प्रभावकारी नभएपछि भोट हाल्ने दिन नजिक आए पनि मतदाता भने अन्योलमा परेका हुन् । 

भक्तपुर नगरपालिका–१ सल्लाघारीका रामकला श्रेष्ठले सात ठाउँमा भोट हाल्नुपर्छ भनेकाले अन्योल भएको र भोट हाल्नै नआउँला भन्ने लागेको बताउनुभयो । 

चाँगुनारायण नगरपालिका–९ ताथलीका सारदा खड्काले भोटै हाल्न नआउने बताउनुभयो । उहाँले भन्नुभयो– “पहिलाजस्तो एक वा दुई ठाउँमा भोट हालेर हुँदैन रहेछ, यस पटक सात ठाउँमा भोट हाल्नुपर्ने रहेछ, फरकफरक चिह्नमा भोट हाल्नु प¥यो भने एउटालाई हालेको भोट अर्कैलाई पर्ला भन्ने डर छ ।” 

यसपटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएकाले मत कसरी राख्ने भन्ने विषयमा राम्ररी जानकारी नहुँदा आफ्नो मत बदर होला भन्ने त्रास रहेको उहाँले बताउनुभयो । जिल्लाका ज्येष्ठ नागरिक र अशिक्षित मतदातालाई यसपटकको चुनावमा मतदान गर्न समस्या परेको बताएका छन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले विगतका निर्वाचनको तुलनमा यस वर्ष मत बढी बदर हुने आशङ्का भएको बताउनुभयो । विगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्योभन्दा बढी सम्भावना रहेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई