२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका सबै ठाउँ चुनाव जित्ने सबै दलको दावी, प्रमुख दलबिच तालमेल नहुने

२०७४, ३१ बैशाख आईतवार ०९:३३

पूर्णप्रसाद न्यौपाने/बैशाख ३१, ओखलढुंगा । दोस्रो चरणमा हुने भएपछि केहि समय सस्ताएको चुनावी सरगर्मी ओखलढुंगामा फेरि बढेको छ । राज्यका निकायहरु चुनाव गराउन अन्तीम तयारीमा जुटेका छन् भने दलहरु उमेद्वार छनौट र प्रचार प्रसारमा व्यस्त देखिएका हुन् । मतदातामा पनि मतदान गर्ने व्यग्र प्रतिक्षा देखिएको छ ।

आसन्न स्थानीय चुनावमा पूर्वी पहाडी जिल्ला ओखलढुंगाका सबै क्षेत्रमा जिल्लामा क्रियाशिल सबै दलले आफूले नै जित्ने दावी गरेका हुन् । १ नगरपालिका सहित ८ स्थानीय तह र त्यसभित्र ७५ वटा वडामा आधा दर्जन भन्दा बढि दल चुनावी प्रतिस्पर्धामा उत्रने भए पनि ठूला तीन दल नेपाली कांग्रेस,नेकपा (एमाले) र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अरु साना दलहरुको तुलनामा प्रमुख तीन दलको चुनावी कार्यक्रमहरु पनि जिल्लामा बढि देखिन्छ । त्यसमा पनि नेपाली कांग्रेस र नेकपा एमाले बिच अझ कडा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

माओवादी केन्द्रले जिल्लाका सबै ८ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख उमेद्वार टुङ्गो लगाएको छ । अरु दलहरुले सबै नगर तथा गाउँपालिकामा उमेद्वारबारे निर्णय गरिसकेका छैनन् । गाउँ तथा नगरसमितिको सिफारीसका आधारमा उमेद्वार बारे पार्टीले निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष निशान्त शर्माले बताउनुभयो । सबैठाँउमा विजयी प्राप्तगर्ने लक्ष्यका साथ पार्टी चुनावमा होमिएको उहाँको भनाई छ । चिशंखुगढी गाउँपालिकाका उमेद्वार समेत रहनु भएका नेता शर्माले टेलिफोनमा भन्नुभयो ‘ चुनाव जित्नका लागि लड्ने हो,हामी जित्छौँ नै ।’ ठुला परिवर्तनहरु माओवादीको पहलमा भएको भन्दै उहाँले जनताले फेरि पनि माओवादी लाई बलियो बनाउने विश्वास व्यक्तगर्नुभयो । २०६४ को संविधानसभा निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी २०७४ को स्थानीय निर्वाचन सम्म आईपुग्दा कांग्रेस,एमाले भन्दा संगठनात्मकरुपमा कमजोर देखिएको छ ।

नेकपा एमालेले पनि ७० प्रतिशत उमेद्वारबारे निर्णय गरिसकेको छ । नगरमा उपप्रमुख कसलाई बनाउने भन्ने निर्णय भईनसकेको र चिशंखुगढी र सुनकोशीमा उमेद्वारबारे निर्णय हुन बाँकी रहेको एमाले जिल्ला कमिटि उपाध्यक्ष नेत्रप्रसाद भटराईले बताउनुभयो । सबै ठाँउ एमालेले जित्ने दावी गर्दै भटराईले भन्नुभयो‘ ८ वटै पालिका र ७५ वटै वडामा मतदाताको लहर एमालेमय छ,एमालेको जितलाई कसैले रोक्न सक्दैन ।’ एमालेका पहलमा भएका विकास र युवाहरुको एमाले प्रतिको आकर्षण नै जितको आधार भएको भन्दै अरु भन्दा बढि सिट जित्ने एमालेको दावी छ ।

नेपाली कांग्रेसले पनि चुनावी अभियान तिव्र पारेको छ । कांग्रेसले करिब ८० प्रतिशत उमेद्वारबारे निर्णय गरिसकेको बुझिएको छ । पार्टीको विभिन्न तहमा छलफल गरेर सहमतीका आधार उमेद्वारबारे निर्णय गरिएको कांग्रेस जिल्ला कार्यसमिति सचिव रुद्रप्रसाद अधिकारीले बताउनुभयो । ‘ तीन पुस्ते नेतृत्व रहको ठुलो र पुरानो पार्टीमा उमेद्वारबारे निर्णय गर्न सहज थिएन तर पनि सहमतीकै आधारमा टुङ्गो लगाउने अन्तीम चरणमा छौँ’ सचिव अधिकारीले भन्नुभयो ‘ओखलढुंगा हिँजो पनि कांग्रेसको किल्ला थियो र यो निर्वाचन पछि कांग्रेसकै किल्ला हुनेछ ।’ कांग्रेसले मुख्य प्रतिस्पर्धी मानेको एमाले भित्र उमेद्वार छनौटमा व्यापक असन्तुष्टि देखिएकाले एमालेको फुटको फाइदा लिने दाउमा कांग्रेस देखिन्छ ।

देशको चौथो ठुलो दल राप्रपा ओखलढुंगामा संगठनात्मक रुपमा निकै कमजोर देखिएको छ । भर्खरै संगठन विस्तारमा लागेको राप्रपाले जिल्लाका सबै तहमा उमेद्वार उठाउने सम्भावना छैन । तर एक गाउँपालिका सहित दर्जन भन्दा बढि वाडमा राप्रपा विजयी हुने पार्टी जिल्ला संयोजक नारायण बहादुर सुवेदीको भनाई छ । ‘मानेभञ्ज्याङ गाउँपालिका सहित १२,१५ वटा वडा हामी जित्छौँ’सुवेदीले भन्नुभयो‘ठुला भनाउँदा दलहरुसँग जनताले अब पनि आशा गर्ने आधार छैन,हामी जहाँ उठ्छौँ त्यहाँ जित हाम्रो हो ।’ राप्रपाले मानेभञ्ज्याङ गाउँपालिकामा कांग्रेस त्यागेर आएका नेता पर्वलाल तामाङ र खिजीदेम्बामा पुराना नेता रेखनाथ न्यौपानेलाई अध्यक्षमा उठाउने तयारी गरिरहेको बुझिएको छ । नगरपालिकामा सहित अन्य तहमा पनि उमेद्वारबारे छलफल भईरहेको राप्रपाले जनाएको छ ।

संघिय समाजवादी फोरम र नयाँ शक्ति नेपाल पनि चुनावीको तयारीमा छन् । एउटै चुवान चिन्ह लिएर चुवानमा भागलिने यि दुईदल बिच ओखलढुंगामा भने खासै तालमेल देखिएको छैन । चुनावको मुखमा केही दिन अघि नयाँ शक्तिका केन्द्रिय नेता सहित ९ जनाले पार्टी छाडेपछि जिल्लामा नयाँ शक्तिलाई झन संकट आईपरेको छ । संघिय समाजवादी फोरम चुनावको तिव्र तयारीमा रहेको र नयाँ शक्तिसँग समन्वयका विषयमा पनि छलफल भईरहेको संघिय समाजवादीका जिल्ला अध्यक्ष धिरेन्द्र रुम्दालीले बताउनुभयो । ‘चुनावमा जान्छौँ र जित्छौँ पनि’रुम्दालीले भन्नुभयो‘मतदाताहरु राम्रो मात्रै होईन,भन्दा राम्रो छुट्याउन सक्नेहुनुहुन्छ त्यसैले धेरैठाउमा चुनाव जित्छौँ ।’ सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा आफ्नो बर्चश्व रहेको संघिय समाजवादीले दावी गर्ने गरेको छ ।

निर्वाचनमा क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा पनि ओखलढुंगामा चुनाव लड्ने तयारीमा छ । मोहन बैद्य निकट माओवादी नेताहरुले मोर्चाका तर्फबाट चुनाव लड्ने भएका हुन् । मोर्चाका तर्फबाट उमेद्वार टुङ्गो लगाउने र टुङ्गिएका उमेद्वारहरु मतदातामाझ पुग्ने काम भईरहेको मोर्चाका नेता एवम् खिजीदेम्बा गाउँपालिकाको उपप्रमुख पदका उमेद्वार आशिष सुनुवारले बताउनुभयो । केही पालिका र वाडमा मोर्चाले चुनाव जित्ने उहाँको दावी छ ।

राष्ट्रिय जनमोर्चाले पनि सिद्धिचरण नगरपालिका सहितका केहि स्थानीय तहमा उमेद्वारी दिने जनाएको छ । निर्वाचन कार्यालयमा १३ दल दर्ता भएको भएपनि सबै दलले चनावी प्रतिस्पर्धा गर्ने सम्भावना देखिएको छैन ।

प्रमुख दलहरु बिच तालमेल नहुने

स्थानीय निर्वाचनमा देशका विभिन्न स्थमा पार्टीहरु बिच तालमेल भए पनि ओखलढुंगामा प्रमुख दलहरु बिच तालमेल हुने सम्भावना नरहेको नेताहरुले बताएका छन् । ठुला तीन दल नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै चुनाव लड्ने तयारीमा छन् । ‘कमजोर छु भन्ने महसुस भए तालमेल हुने हो’ एमाले उपाध्यक्ष नेत्र भटराईले भन्नुभयो ‘हामी एक्लै चुनाव जित्न सक्छौँ,त्यसैले तालमेलको सम्भावना छैन ।’ कांग्रेस र माओवादी पनि अहिले सम्म तालमेल गर्ने पक्षमा भन्दा पनि एक्लै लडेर चुनाव जित्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो