2026-06-29 05:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलित माथि कांग्रेस-एमालेको अत्याचार, १७ घरपरिवार घर बिहीन

अभिमनु कुमार पटेल | जेठ ४, रौतहट | रौतहट गरुडा नगरपालिकाको मलाहीटोल बजार स्थित रहेको १७ घर धुरीमा करीब ५०० को संख्यामा बसोवास गर्दै आइरहेका स्थानीय सुकुमवासी ओम प्र्रकाश सहनी, बिगु सहनी लगाएत दर्जनौको घरको छाना माथी काँग्रेस तथा एमालेका कार्यकर्ताहरुले सामुहिक हमला गरी घरका छाना तथा घरको पर्खाल समेत माथी फलामको रड प्रहार गरी तोडफोड गरेका छन् । 


पार्टी नेता तथा कार्यकताले घर समेत भत्काई घर भित्र रहेको लत्ता-कपडा सुन-चाँदी नगद तथा खद्यान्न समेत लुटी लगेका पीडीतहरुले संचारकर्मी बीच गुनासो पोखेका छन् । स्थानीयहरुमाथी पार्टीका कार्यकर्ताहरुले प्रहरी प्रशासनको रोहवरमा गरीब तथा दलित जनतालाई वास्ता नगरी गरीबलाई अझै गरीब बनाउन सोचका साथ एमाले-काँग्रेसले आफनो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि पार्टीका मूख्य एजेण्डा रहेको पाइएको छ । साविक गा.वि.स.ले सो जग्गाको सिफारिस समेत दिएका छन् तर आफ्नो जग्गा भन्दै घर नसारेपछि नेता तथा कार्यकर्ताहरुले गरीब माथि एक्कासी हमला गरेपश्चात् पडित पक्षबाट इलाका प्रहरी कार्यालय गरुडामा खबर गर्दा प्रहरी प्रशासन कुनै किसिमको सक्रिय भूमीका निर्वाह नगरी मौन बसेका पिडितहरुले बताए । 


ओम प्रकाश सहनीको नाउमा गा.वि.स. को कार्यालयबाट पाएका रसिदको जग्गाको कि.नं. १३०/२ को ×–१–३ क्षेत्रफल भएको तथा सुकुम्बासी समस्या समाधान आयोगबाट पाएको जग्गा धनीको दर्ता प्रमाण पुर्जा तथा जिल्ला अदालतबाट आदेश समेत भएको प्रमाण रहेको छ । त्यसै गरी बिगु सहनी नाउमा रहेको कि.नं. १६३/१ को ×–१–× क्षेत्रफल भएको जग्गाको प्रमाण नापी शाखा, गा.वि.स.को रसिद, तथा सुकुम्बासी समस्या समाधान समेत प्रमाण रहँदा एमाले तथा काँग्रेसले कानुनको अवहेलना समेत गर्दा हाल कानुनको पहरेदारहरुले मौन बसेका छन् । सो क्षेत्रमा रहेका अरु राजनीति दलका अग्रज नेताहरु कुनै चासो नदेखाएकोमा पिडित पक्षले थप पिडा पोख्नु परेको छ । 


सो सुकुमवासीको घर पछाडी नेपाली काँग्रेसका जिल्ला सभापती कृष्णा यादवको ×–१०–× जग्गा रहेको सो जग्गा माथी मुद्धा हाल अख्तियार दुरुपयोग अनुन्धानमा चलिरहेको हुदाँ पनि सुकुम्बासीहरुलाई हटाउदा यादवको जग्गा मूल्यांकन बढी हुने सोच राखी आफ्नो कार्यकर्ता प्रयोग गरी गरीब माथि अत्याचार भइ रहदा हाल कसैले अवाज उठाउन सकेको छैन् । हाल सो जग्गा भई बाटो विस्तार भई रहेकोमा सुकुम्बासीहरुलाई सो ठाँउबाट घर हटाई अन्तै ठाँउमा जग्गा उपलब्ध गराउन पटक पटक भन्दा पनि सुकुम्बासीहरु त्यहाँबाट सर्न तयार नभए पश्चात् प्रहरीलाई जानकारी गराई प्रहरी कै रोहवरमा किशोरी सहनी, बालकृत सहनी, विजय सहनी, लक्ष्मी सहनी, जगत सहनी, मोहन सहनी, बलीराम सहनी, बलेश्वर सहनी, धनेश्वर सहनी समेतले सरकारको नियम कानुन मै बसी रहदा पनि काँग्रेस र एमालेका स्थानीय नेताहरु सरकारको कानुन मिची आफ्नै बल प्रयोग गरी सुकुम्बासीहरुलाई दुख यातना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी