2026-11-01 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा मतगणना स्थलमै शिलबन्दी, चाँगुनारायणमा मतगणना रोकियो

जेठ ६, भक्तपुर | भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ । 

आज चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मत परिणाम सार्वजनिक हुन सकेन । 

नेपाली काँग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमाले निकट रहेको र काँग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवम् मतगणना गर्न नदिएको मतगणना स्थलमा रहनुभएका राप्रपाका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो । 

तीनवटै दलको मतगणना स्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उहाँले बताउनुभयो । यता एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भई काँग्रेसको विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नं ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ । दिउँसो काँग्रेस, राप्रपा र नेमकिपाले नाराबाजी गरेपछि मतगणना भइरहेको कोठामा शिलबन्दी गरिएको प्रहरीले जानकारी दिएको छ । 

विवादले मतगणनामा रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मालगायत सर्वपक्षीय छलफल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले मतगणनामा विवाद निस्किएर मतगणना रोकिए पनि सर्वपक्षीय बैठक बसेर समाधान निकाल्ने प्रयत्न भइरहेको जानकारी दिनुभयो । छलफलबाट निकास निस्किए निर्वाचन आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्ने उहाँले बताउनभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द