2026-06-29 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चाँगुनारायणः दुई वडामा एमाले विजयी

जेठ १३, भक्तपुर | मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा(एमाले)को समूह विजयी भएको छ । 

आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार २६९ उहाँका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गर्नुभएको छ । 

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल हुनुहुन्छ । 

चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी हुनुभएको छ । 

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिनुभएको छ । मिश्रले तीन हजार ७१४ मतले अग्रता लिनुभएको छ भने काँग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहनु भएको छ । 

त्यसैगरी उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँले तीन हजार ८६० मतले अग्रता लिनुभएको छ भने एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहनुभएको छ । मतगणना जारी छ । 

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए । 

छ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएपछि भने एमालेबाहेकका दलको आरोप झुटो भएको र उल्टै दुवै वडामा एमालेका उम्मेदवारको मत बढेको एमालेका नेता श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी