जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले "/>
2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा एमाले र जनमोर्चाको चुनावि तालमेल भांडियो

जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले जिल्लामा शसक्त मानिएका  नेकपा एमाले र राष्ट्रीय जनमोर्चा बिच भएको चुनाबी तालमेल अन्तत:तुहिएको हो ।

एमाले जिल्ला नेतृत्वले आफ्ना कार्यकर्तालाइ संझाउन नसकेपछी 

राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने समझदारी भङ्ग भएको घोषणा गरेको हो । जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्न बारम्बार आग्रह गर्यौं । तर, एमाले नेतृत्व त्यसमा गम्भीर भएन ।’ एमालेकै कारण संयुक्त रुपमा चुनावमा जाने वातावरण बिग्रिएको भन्दै राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । 

एमाले र राष्ट्रिय जनमोर्चाबीच जेठ ८ गते आसन्न दोस्रो चरणको चुनावका क्रममा प्यूठानमा तालमेल गर्ने सहमति भएको थियो । तर, त्यसको एमालेबाटै विरोध भयो । दुई दलबीच भएको सहमति लागू गर्न र पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्न एमालेले १० र ११ गतेको समय मागेको थियो ।

तर, एमाले नेतृत्वबाटै सहमति विपरितका नयाँ सर्तहरु राख्ने काम भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । दुई दलबिच चुनावी तालमेल गर्ने सहमति भएपछि नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुवाट स्थानीय स्तरबाट व्यापक विरोध आएपछि सहमति भाडिएको हो । 

तालमेलको खबर पाए पछि जिल्ला सदरमुकाम खलङ्गा पुगेका एमाले कार्यकर्ताले एमाले जिल्ला नेतृत्व बिरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई