2026-06-29 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस रुपन्देहीले सात तहमा उम्मेदवार टुङ्गो लगायो

2017-05-31

जेठ १७, रुपन्देही । नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ ।

वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सभापति एवम् सांसद अब्दुल रज्जाकले जानकारी दिए।

नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नववती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् । कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारूले उम्मेदवारी पाएका छन् । गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवारी पाएका मुसलमान नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति हुन् ।

रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् । मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् । त्यस्तै, रुपन्देही काँग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा वीरेन्द्रकुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् ।

यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा)को उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिए । बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवार केन्द्रीय छनौट समितिले टुङ्ग्याउनेछ । अन्य नगरपालिकाको उम्मेदारको छिट्टै टुङ्गो लगाउने जिल्ला सचिव रामकृष्ण खाँणले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी