2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले वडा सदस्यले २० हजारमै आफ्नो मत बेचेको खुलाशा

जेठ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एमालेको तर्फबाट वडा सदस्यले २० हजारमा आफ्नो मत बिपक्षीलाई बेचेको खुलाशा भएको छ । 

गाउँ र नगर कार्यपालिकालाई पूर्णता दिन बिहीबार भएको कार्यक्रममा ति दलित वडा सदस्यले मतै नहाले पछी कांग्रेस-माओवादी गठबन्धनले बहुमत प्राप्त गरेका छन् । बलेफी गाउँपालिकामा नेकपा एमालेको पक्षमा २१ मत थियो भने कांग्रेस र माओवादीको मत पनि २१ नै थियो । तर मत खस्दा एमालेको पक्षमा २० मत मात्र खस्यो भने कांग्रेस-माओवादीको पक्षमा २१ मत खस्यो । कसरी यस्तो भयो ? बुझ्ने क्रममा एमाले तर्फका एक जनाले खाली मत खसालेको पाइयो । 

एमालेले बैठकमा २१ जना मध्ये एकजना दलित महिला सदस्यलाई उपस्थित नभएको पत्ता लगायो । पछी ती महिलालाई भेटेर एमालेले त्यसको स्पष्टिकरण लिँदा पत्ता लाग्यो उनि २० हजारमै बिकेकी रहिछन् ।

सोधपुछपछी ति दलित सदस्यले एमालेलाई मत नहाली खाली राखेको स्वीकार गरेकी थिइन् । उनको अनुसार कृष्णबहादुर तामाङ भन्ने व्यक्तिले उनलाई गाउँ कार्यपालिकाको चुनावमा कसैलाई पनि भोट नहाली खाली मतपत्र ढ्वाङमा राखे २० हजार दिने प्रलोभन देखाएपछि उनले त्यसै अनुसार गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई