२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मत बदर हुने चिन्तामा बैतडीका मतदाता

२०७४, २५ जेष्ठ बिहीबार ०३:४१

जेठ २५, बैतडी | करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भएपनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् । 

यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ, डिलाशैनी–१ का जानकी रानाले भन्नुभयो । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही आएका छैनन् उहाँले भन्नुभयो “कसरी मतदान गर्ने थाहा नहुँदा अन्योल भएको छ ।” 

राजनीतिक दलका नेताहरुले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिकाका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “ग्रामीण क्षेत्रका महिलालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदरमा जाने सम्भावना छ ।” 

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी द्यारले बताउनुभयो । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयम्सेवक खटाइसकेको जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयम्सेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताउनुभयो । 

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरेका छाँै, उहाँले भन्नुभयो,“बदर मत घटाउने उद्देश्यका साथ जिल्लाभरिनै स्वयम्सेवक खटाएका हौँ ।” यस्तै, राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि सँगसँगै गरिरहेको जनाएका छन् । 

राप्रपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा वडा अध्यक्षका उम्मेदवार हेमराज गिरीले घरदैलोसँगै मतदाता शिक्षाको पनि ज्ञान दिइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो “पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले प्राथमिकताका साथ मतदाता शिक्षालाई पनि जोड दिएका छौँ ।” यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर विष्टले स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी