2026-09-19 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

जेठ २८, बैतडी  । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । 

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५/५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । 

उहाँका अनुसार दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५÷४५ जना, पञ्चेश्वर र शिवनाथ गाँउपालिकामा ३५÷३५ जना, सिगास गाउँपालिकामा ५० जना र डिलाशैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुने छन् । 

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक/एकजना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचत हुने छन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधिलाई चुन्नुपर्ने व्यवस्था छ । अल्पसङ्ख्यक, अपाङ्गता भएका र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी प्रत्येक गाउँसभाले दुई जना र नगरसभाले तीनजनालाई चुनिने व्यवस्था छ । 

कुल एक लाख २४ हजार ८२४ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई