जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले "/>

2026-11-02 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा

जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले नेता हर्कबोल राईले गुट नखुलेको भन्दै पार्टी छाड्न जिल्ला कमिटि सदस्य कमल न्यौपानेलाई दबाब दिएको खुलासा भएको हो । गाउँपालिकाको टिकट नपाएपछि आफु स्वतन्त्र चुनाव लड्ने उद्घोष गरेका न्यौपानेलाई सांसद राईले टेलिफोन गरेर एमाले पार्टी छाड्न ठाडो निदेशन दिएको बुझिएको छ । 

एमाले जिल्ला कमिटि सदस्य न्यौपानेले आफुलाई जनताले चाहाँदा पनि नेताले नचाहेको भन्दै फेसबुक स्ट्याटस लेखेपछि यस्तो खुलासा भएको हो । स्रोतका अनुसार सांसद राईले भनेका थिए,‘कि पार्टीमा लाईन क्लियर गरेर आउनुस् नत्र पार्टी छाडेर जानुस् तर स्वतन्त्र उमेद्वारी दिन पाउनुहुन्न ।’ सांसद राईले यस्तो भनेपछि केही समय दुई नेता बिच भनाभन समेत चलेको थियो । 

आफुले अवसर नपाएको भन्दा पनि आफुमाथी नेतृत्वले गरेको व्यवहार ठिक नभएको प्रति आफुले विद्रोह गरेको न्यौपाने बताउँछन् । उनि भन्छन् ‘मैले अन्धभक्त भएर कसैको विरोध वा समर्थन गरेको छैन र गुटको राजनिती गरेको पनि छैन । ’उनि अघि भन्छन् ‘मलाई एमाले पार्टी र चुनाव चिन्ह सुर्य थाहा छ तर गुट थाहा छैन ।’ सांसद यज्ञराज सुनुवारले पटक पटक आफुलाई प्रयोग गरेको तर अघि बढ्न नदिने षड्यन्त्र गरेर पछि पारेको संकेत गर्दै न्यौपानेले स्ट्याटस लेखेका छन् । 

पार्टी नेतृत्वले असहयोग गरेपनि एमालेमा बसेरै एमालेको हितका लागि काम गर्ने न्यौपानेको भनाई छ । आफुले टिकट नपाएपछि निर्वाचित जनप्रतिनीधी बन्न नपाएपनि जनसरोकारका कामहरु निरञ्तर गरिरहने उनको भनाई छ । 

पार्टीले टिकट नदिएपछि गाउँस्तरका कार्यकर्ताले स्वतन्त्र भएपनि चुनाव लड्न अन्यथा वडामा उठेर भएपनि जनसेवा गर्न दवाव दिएको उनि बताउँछन् । न्यौपानेले वडामा चुनाव लड्न इच्छा नदेखाए पनि खिजीदेम्बा ४ मा वडा अध्यक्षको अर्को विकल्प तयार नगरि स्थानीय नेता कार्यकर्ताले चुनावमा लड्न न्यौपानेलाई अनुरोध गरिरहेका छन् । 

को हुन् कमल न्यौपाने ? 

२०४६ सालमा न्यौपाने सिद्धेश्वर मावि बाम्तीभण्डार रामेछापमा कक्षा आठमा अध्ययानरत थिए । त्यसैबेला बहुदलिए व्यवस्थाका लागि भएको आन्दोलनमा अनेरास्वीयुमा लागेका हुन् । त्यसयता उनि निरञ्तर माले र एमालेको राजनितीमा सकृय छन् । 

ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला भनेर कांग्रेसका तत्कालिन नेता महेश कोर्मोचाहरुले नारा लगाउँदा उनकै गाँउबाट निकै संघर्ष गरेर संगठन निर्माणमा लागेका न्यौपानेले सयौँ पटक एमाले भएकै कारण दुख झेल्नु परेको बताउँछन् । स्थानीय सबै भाषमा बोलेर मतदाता आफ्नो पक्षमा पार्न माहिर न्यौपाने पेशल खतिवडा,छविकार्की देखि यज्ञराज सुनुवार समेत चुनावी मैदानमा जाँदा खिजी क्षेत्रको पार्टीको खम्बाका रुपमा प्रस्तुत भएका थिए । ०७० को निर्वाचनमा यज्ञराजलाई विजयी गराउन कांग्रेसको गड मानिने खिजी क्षेत्रबाट राम्रो जनमत जुटाउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन् न्यौपाने । 

यज्ञराज सुनुवारलाई जिताउन नसके गाउँ छाडेर विदेश पलायन हुने उद्घोष गरेर ०७० को संविधान सभा निर्वाचनमा खटिएका न्यौपानेले सुनुुवारलाई जिताउन र खिजी,काती,रावादोल क्षेत्रमा मोटरबाटो निर्माण गर्न नसके फेरि सुर्य चिन्हमा भोट माग्न नआउने उद्घोष गरेका थिए । उनले उद्घोष गरेझै सबै कुरा पुरा भएपनि उनि आफैं अहिले पछि परेका छन् । यज्ञराज सुनुवारले खिजीक्षेत्रबाट सबैभन्दा बढि मत ल्याएसँगै उत्साहित भएका न्यौपाने सहितका स्थानीय एमालेजनहरुले सुनुवार विजयी भएपछि खिजीमा सांसद सुनुवारलाई ६ सय १ मिटरको माला लगाएर सम्मान गरेका थिए । 

पछिल्लोे समय संगठन विस्तार र गाउँपालिका क्षेत्रमा विकास निर्माण खटिएका न्यौपाने खिजीदेम्बाको टिकट आफुले पाउनेमा ढुक्क थिए तर कुनै हालतमा आफुलाई नदिने भएपछि आफैले पार्टीको इसारा अनुसार नै लाक्पागेल्बु शेर्पालाई प्रस्ताव गरेका थिए । 

अहिले आफु निकै सोच मग्न रहेको भन्दै न्यौपानेले फेसबुकमा स्ट्याटस लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द