पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३१, सप्तरी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको अवरोधपछि बुधबार राजविराजमा हुन लागेको निर्वाचनसम्बन्धी तालिम स्थगित भएको छ ।

प्रदर्शनकारीले तालिममा सहभागि हुन पुगेका करीब चार दर्जन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक एक घण्टासम्म धर्नास्थलमा राखेका थिए । जिल्ला निर्वाचन कार्यालयले ६०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई महेन्द्र विन्देश्वरी क्याम्पसमा निर्वाचनसम्बन्धी तालिम दिने योजना थियो ।तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।