2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

प्रचार सामग्री नहटाउँदा नगर बन्यो कुरुप

जेठ ३१, भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ । 

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । 

भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । 

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरुका निर्वाचन सामग्रीले अझै रङ्गिएका छन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था गरिए पनि दलका नेताले भने यसको कार्यान्वयन गरेका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरुले हटाउनु पर्ने आचारसंहिता रहेको स्पष्ट पार्नुभयो । आचारसंहिताअनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उहाँले बताउनुभयो । 

दलहरुले निर्वाचनका लागि राखेको ब्यानर, तुल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि टोलटोल, गल्लीगल्ली र एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताभित्तामा टाँसिएर राख्दा नगर कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरुले केही दिनभित्रै त्यस्ता प्रचार सामग्री हटाउँला भन्ने जवाफ दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक