2026-06-29 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बुबा एमालेबाट छोरा माओबादी केन्द्रबाट उम्मेदवार

2017-06-15

असार १, बैतडी । बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् । 

पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताउनुभयो । 

उज्ज्वलका बुबा नागी पनि अहिले चुनावी प्रचारप्रसारमा जुट्नु भएको छ । विसं २०५४ को स्थानीय निर्वाचनमा साविकको कोटिला गाविसको अध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव भएकाले आफूले अहिले पनि उम्मेदवारी दिएको उहाँले बताउनुभयो । 

बुबाछोरा उम्मेदवार बनेपछि दुवैले आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । पहिलेको निर्वाचनमा जितेको र सबैले चिनेका व्यक्ति भएकाले आफूले वडा अध्यक्ष पदमा जित्ने नागी बताउनुहुन्छ । उज्ज्वल आफू युवा वर्गको समर्थनमा जित्ने दाबी गर्नुहुन्छ । 

एकैघरका दुईजना उम्मेदवार बनेपछि घरपरिवारका अन्य सदस्यलाई भने मतदानका विषयमा अलमल परेको छ । नागीकी श्रीमती एवम् उज्ज्वलकी आमा नन्दालाई सबैभन्दा बढी समस्या भएको छ । श्रीमान् र छोरा दुवै उम्मेदवार बनेपछि उहाँ कसैलाई पनि भोट नहाल्ने मनस्थितिमा पुग्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण