आईतबार बिहान ८ बजेदेखि मनोनयन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आईतबार बिहान ८ बजेदेखि मनोनयन"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा उल्लासमय मनोनयन

२०७४, ४ असार आईतवार १७:१७

नरी बडु | असार ४, बैतडी | जिल्लामा मनोनयन दर्ता उत्साहपूर्ण सकिएको छ । दलहरुले बाजागाजा र नारा जुलुस सहित उमेद्वारी दर्ता गरेका छन् ।


आईतबार बिहान ८ बजेदेखि मनोनयन दर्ताको समय तोकेपनि दलहरु ढिलो गरी बजार परिक्रमा गर्दै निर्वाचन कार्यालय गएका थिए । दलहरुले ढिलो आएको र नामावली भिडाउन समय लागेकाले अबेरसम्म मनोनयन दर्ता सकिएको छैन ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाले मनोनय दर्ता तराएको छन् । नयाशक्ति, नेकपा माले लगायतका साना दलले केही ठाउमा उमेद्वारी दिएका छन् । 

दशरथचन्द नगरपालिकामा कांग्रेसका नरेन्द्रसिंह थापा, एमालेका देवीदत्त भट्ट, माओवादी केन्द्रका खिमानन्द भट्ट, राप्रपाका पुष्करराज जोशी लगायतका छन् । उपप्रमुखमा कांग्रेसकी मीना चन्द, एमालेबाट सरस्वती नेपाली, माओवादी केन्द्रबाट कमला कार्कीले मनोनयन दर्ता गराएका छन् । पाटन नगरपालिकामा कांग्रेसका केशवबहादुर चन्द, एमालेका नरेश विक, माओवादी केन्द्रका शंकर भण्डारी, स्वतन्त्रमा भरतराज पन्तले उमेद्वारी दर्ता गराएका छन् । उपप्रमुखमा कांग्रेसकी सरस्वती कोली, एमालेबाट दुरा भट्टराई, माआवादी केन्द्रकी गीता बिष्ट छन् ।

जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको पुरचौडी नगरपालिकामा कांग्रेसका दिपकबहादुर बम, एमालेका कर्णबहादुर कुवर, माओवादी केन्द्रका रणबहादुर कुवरले प्रमुखमा मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा कांग्रेसबाट उत्तरा नेपाल, एमालेकी जानकी कुवर, माओवादी केन्द्रकी जानकी बम छन् ।

शिवनाथ गाउपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र झापु महता एमालेका भरतसिंह मडै र कुस्मा चन्द, माओवादी केन्द्रका धनबीरसिंह धनाडी र गंगादेवी दमाई छन् ।

दोगाडाकेदार गाउपालिमा कांग्रेसका घनश्याम भट्ट र बिस्ना जोशी, एमालेका चक्रबहादुर कार्की र पार्वती कार्की, माओवादी केन्द्रका तारासिंह कुवर र लक्ष्मी ओड छन् ।

पूर्वा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउ सुर्नया गाउपालिकामा कांग्रेसका बीरबहादुर बिष्ट, एमालेका नरेन्द्र बिष्ट, माओवादी केन्द्रका नरी भाट, राप्रपाका देवबहादुर चन्द छन् । उपाध्यक्षमा कांग्रेसकी भागरथी बोहरा, एमालेकी लिला बिष्ट, माओवादी केन्द्रकी गोमती अवस्थी र राप्रपाकी उत्तरा अवस्थी छन् ।

पञ्चेश्वर गाउपालिकामा कांग्रेसका अध्यक्ष दिनेशबहादुर चन्द, एमालेका गोरखबहादुर चन्द, माओवादी केन्द्रका रमेशबहादुर चन्द छन् । उपाध्यक्षमा कांग्रेसकी बिन्दु चन्द, एमालेकी बिना भट्ट, माओवादी केन्द्रकी मन्जु चन्द छन् ।

सिगास गाउपालिका अध्यक्षमा कांग्रेसका हरिसिंह धामी, एमाले जसबीर बोहरा, माओवादी केन्द्रका विकास ऐर, कृष्णसिंह साउद र देवसिंह धामीले स्वतन्त्र उमेद्वारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसकी द्रोपती चन्द, एमालेकी भृकुटी चन्द, माओवादी केन्द्रकी उर्मिला पोखरेल छन् ।

डिलाशैनी गाँउपालिका को प्रमुखमा नेपालीब कांग्रेसबाट कर्ण राना, नेकपा एमालेबाट उकेन्द्र बोहरा, माओबादी केन्द्रबाट लोकेन्द्र रानाले उमेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा कांग्रेसबाट जानकी कार्कि, एमालेबाट पावर्ती राना र माओबादी केन्द्रबाट सुसिला बोहराले उमेदवारी दिएका छन् ।

यस्तै डिलाशैनी गाँउपालिकाको स्वतन्त्र उमेदवारी धनवहादुर विष्टले उमेदवारी दिएका छन्  उनि नेपाली कांगे्रसका बागि उमेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी