2026-06-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन बहिष्कारपछि नेचा सल्यान जनप्रतिनिधिविहीन

2017-06-21


असार ७, सोलुखुम्बु । साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वडा नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ । 

आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ । 

यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । 

तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए तर नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराउन गएका टङ्क कार्कीलाई बाटैबाट तिङ्लावासीले नियन्त्रणमा लिएर दर्ता गराउन जान रोकेको भएपनि वारेसनामाबाट उम्मेदवारी दर्ता गरिएको थियो । 

तर कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् । आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । निर्वाचनमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ