असार ८, नेपालगन्ज | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, नेपालगन्ज | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकि"/>
2026-06-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन जनताको सार्वभौम अधिकारसँग जोडिएको छ – प्रचण्ड

2017-06-22

असार ८, नेपालगन्ज | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ । 

आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताउनुभयो । मधेस, पहाड र हिमालमा बसोबास गर्ने आमनेपालीको एकताका कारण नै संविधानले स्वीकार्यता पाएको स्पष्ट पार्नुभयो । 

“निर्वाचन अमुक पार्टी विशेषको हुँदै होइन, यो त जनताको सार्वभौम अधिकारसँग जोडिएको विषय भएकाले यसबाट पछि हट्नु भनेको जनताको अधिकारलाई स्वीकार गर्न नसक्नु नै हो” – अध्यक्ष दाहालले भन्नुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो – “मुलुकको आमूल परिवर्तनका लागि जनताको बलमा हतियार उठाएको आफ्नो दलले अहिलेको परिवर्तनलाई संस्थागत गर्न खोजेको छ । सिंहदरबारको अधिकार गाउँमा पुर्याउन खोजेको छ । यसमा आमजनताले हामीलाई साथ दिनेछन् ।” 

उहाँको थप भनाइ थियो – “चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन, जनता हार्नु हँुदैन, लोकतान्त्रिक व्यवस्था हार्नु हुँदैन । यो भावना जनजनमा प्रवाहित हुनु जरुरी छ, निर्वाचनलाई त्यसरी नै बुझ्नुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ