असार ९, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्ष"/>
2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

यस्ता छन् हिन्दु धर्मको ओकालत गर्ने कमल थापाका चुनावी आश्वाशन

असार ९, उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको पनि यही नीति होस् भन्ने चाहेको बताउनुभएको छ । 

बिहीबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका गाईघाटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “राप्रपाले वर्तमान अवस्थामा सङ्घीय गणतन्त्र नेपालभित्र लोककल्याणकारी राज्य व्यवस्था चाहेको र आफ्नो पार्टीले अहिले सो नीति लिएर अगाडि बढिरहेको छ ।” आफ्नो पार्टी स्थानीय तहको चुनावमा विजय भए स्थानीय तहमा पहिला वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भक्तामा वृद्धि, निःशुल्क उपचार, बेरोजगारी युवाका लागि बेरोजगारी भत्ता र कक्षा १२ सम्म सबै जातजातिका विद्यार्थीका लागि निःशुल्क प्राविधिक शिक्षा र अन्य शिक्षाको ग्यारेन्टीसहित व्यवस्था गर्ने प्रतिबद्धता अध्यक्ष थापाको रहेको थियो । 

उहाँले यस्तै हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको नीति लिँदै प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धधर्मको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियनको चर्चको समेत निर्माण गरेर सबै धर्मको संरक्षणमा समेत जोड दिने नीति आफ्नो पार्टीको रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई